Suvadin, Home

राेमाञ्चक खेलमा मध्यमाञ्चल ९ रनले विजयी

पूर्वाञ्चलमा जारी पुरूष क्रिकेट अन्तर्गतकाे बुधबारकाे पहिलाे खेलमा मध्यमाञ्चलले नेपाल पुलिस क्लबविरूद्ध ९ रनकाे राेमाञ्चक जित निकालेकाे छ। भर्खरै सम्पन्न खेलमा पहिले ब्याटिङ गरेकाे मध्यपश्चिमाञ्चले निर्धारित २० अाेभरमा सबै विकेट गुमाउर १ सय २० रन जाेडेकाे थियाे।
खेल सुरू हुनुअगाडि सामूहिक तस्बिर खिच्दै खेलाडी।

काठमाडाैं, पुस ११


पूर्वाञ्चलमा जारी पुरूष क्रिकेट अन्तर्गतकाे बुधबारकाे पहिलाे खेलमा मध्यमाञ्चलले नेपाल पुलिस क्लबविरूद्ध ९ रनकाे राेमाञ्चक जित निकालेकाे छ। भर्खरै सम्पन्न खेलमा पहिले ब्याटिङ गरेकाे मध्यपश्चिमाञ्चले निर्धारित २० अाेभरमा सबै विकेट गुमाउर १ सय २० रन जाेडेकाे थियाे।

उसका लागि प्रकाश विष्टले २५ तथा हरिशंकर शाहले २२ रनकाे इनिङ खेले। २१ बलकाे सामना गरेका प्रकाशले २ चाैका र १ छक्का प्रहार गरे। नेपाल पुलिसका ललितसिंह भण्डारीले ३ विकेट लिए। ४ अाेभरकाे स्पेलमा उनले २० रन खर्चे। त्यस्तै, पुलिसका कुशल भूर्तेलले २ विकेट लिए। यता युवा खेलाडीले भरिएकाे पुलिस भने खेलकाे २ बल बाँकी छँदै १ सय ११ रनमा अलअाउट भयाे।

पुलिसका लागि सुनील धमलाले ४४ रनकाे पारी खेले पनि टीमलाई जिताउन सकेनन्। उनले ४ चाैका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै, याेगेन्द्रसिंह कार्कीले २० रन जाेडे। मध्यमाञ्चलका हरिशंकर शाहले २ विकेट लिए। ४ अाेभर बलिङ गरेका उनले १५ रन खर्चिए भने सुशील कँडेलकाे नाममा १ विकेट रह्ये। 

 

 

 

 

 


 

More form the Internet

loading...