Suvadin, Home

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित 

आइसीसी १९ वर्षमुनिको विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ।  
जीतपछि सेल्फी खिच्दै नेपाली टाेली। तस्बिर साैजन्यः रमन सिवाकाेटी।

काठमाडाैं, साउन ३–आइसीसी १९ वर्षमुनिको विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ।  

मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ९.५ ओभरमा ५ विकेट गुमाउँदै भेटायो। यसअघि पहिलो ब्याटिङ गरेको मलेसियाले २५.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५८ रन बनान सकेको थियो। 

नेपालका लागि आसिफ शेखले सर्वाधिक २३ रन बनाए । त्यस्तै प्रनित थापामगरले १९ रनको योगदान गरे।  मलेसियालाई सस्तैमा समेट्न सन्दिप लामिछाने एक्लैले ५ विकट हात पारे। पवन शर्राफले ३, किशोर महतो र सन्दिप सुनारले समान १–१ विकेट लिए। 


पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो। नेपालको अर्को खेल ५ साउनमा अफगानिस्तानसँग खेल्नेछ ।


 

More form the Internet

loading...