Suvadin, Home

क्रिकेट अवार्ड
सन्दिप र सीता बर्षको उत्कृष्ट क्रिकेट खेलाडी

अवार्डका लागि सन्दीपले कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारे। सीताले कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु वर्मालाई पछि पार्दै अवार्ड जितेकी हुन्।

काठमाडौं, २१ फागुन – नेपाल क्रिकेट खेलाडी संघ र एनसीसीएसले प्रदान गरेको क्रिकेट अवार्डमा बर्षको उत्कृष्ट पुरुष खेलाडी सन्दिप लामिछाने बने भने महिला तर्फ सीता रानामगर बनेकी छिन्।

अवार्ड अन्तर्गत वर्ष क्रिकेटरको अवार्डमा सन्दीप र सीता उत्कृष्ट बनेका हुन् । अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार रुपैयाँ र सीताले ६६ हजार रुपैयाँ पुरस्कार पाए।

अवार्डका लागि सन्दीपले कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारे। सीताले कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु वर्मालाई पछि पार्दै अवार्ड जितेकी हुन्।


 

More form the Internet

loading...