Suvadin, Home

जो पाकिस्तानी नौसेनाको जागिर छोडेर क्रिकेटर बने 
भारतीय क्रिकेटरलाई धरापमा पार्ने फखर जमन को हुन्?

खेलकाे मैदानमा नायक ति बन्छन्, जोे अहम मौकामा आफ्नो भूमिकालाई दमदार ढुंगले प्रस्तुत गर्न सक्छ। ती पाकिस्तानी क्रिकेटर हुन् फखर जमन। उनी भारतविरुद्धको खेलमा कुनै पनि हालमा चुक्न चाहदैनन्।  आइतबार सम्पन्न च्याम्पियन्स ट्रफी क्रिकेट अघि क्रिकेटको दुनियाले जमनको नाम सायदैले सुनेका थिए होला। उनले यसै प्रतियोगिताबाट  अन्तर्राट्रिय क्रिकेटमा डेब्यू गरे। 
पाकिस्तानी क्रिकेटर फखर जमन।

काठमाडाैं, असार ५–चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि चुम्दा त्यसका नायक बने फखर जमन। 

आइतबार बेलुका लन्डनको ओभलमा भएको फाइनलमा पाकिस्तानले भारतलाई एक सय ८० रनले धरापमा पार्द  जमनले शतक पूरा गरे। एक सय १४ रनको पारी पूरा गरेका जमनले टिमलाई उपाधि मात्र दिलाएनन् व्यक्तिगत कीर्तिमान समेत कायम गरे। वनडे  करिअरमा जमनको यो नै पहिलो शतक हो।  जमनले एक सय ६ बल खेल्दै १२ चौका र ३ छक्का प्रहार गरे।         

आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो । यअसघि सन् २००७ मा भारतले पाकिस्तानलाई हराउदै च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि चुमेको थियो।

भारतीय क्रिकेटरलाई धरापमा पार्ने फखर जमन को हुन्?

खेलकाे मैदानमा नायक ति बन्छन्, जोे अहम मौकामा आफ्नो भूमिकालाई दमदार ढुंगले प्रस्तुत गर्न सक्छ। ती पाकिस्तानी क्रिकेटर हुन् फखर जमन। उनी भारतविरुद्धको खेलमा कुनै पनि हालमा चुक्न चाहदैनन्।  

आइतबार सम्पन्न च्याम्पियन्स ट्रफी क्रिकेट अघि क्रिकेटको दुनियाले जÞमनको नाम सायदैले सुनेका थिए होला। उनले यसै प्रतियोगिताबाट  अन्तर्राट्रिय क्रिकेटमा डेब्यू गरे। 

उनले आफ्नो पहिलो म्याचमा दक्षिण अफ्रीकाविरुद्ध ३१ रन बनाए, भने  श्रीलंकाविरुद्ध ५० रन। सेमीफाइनलमा अजहर अलीसँगको पारीमा शतकीय साझेदारी गरेका फखरले ५७ रन बनाए। र, फाइनल मा उनले एक सय ६ बलमा एक सय १४ रन प्रहार गरे। 

क्रिकेट मैदानमा देखिने जमनका परिवार भने छोराले क्रिकेट नखेलोस् भन्ने चाहाना राख्थे।
पाकिस्तानको अशान्त क्षेत्रखबर पख्वातूनको कैटलान्गमा जन्मेका जमनका पिता सरकारी वन्यजीव संरक्षण एजेन्सीमा काम गर्थे। र, एक आम पिताझै उनी चाहान्थे कि  छोरा पढोस्, लेखोस अनि सरकारी जागरि खाओस्। 

फखरले जागिर खाने मन नबनाएका पनि होइनन्।  उच्च माद्यमिक स्कूलको तालिम पूरा गरेपछि उनी पाकिस्तानको नौसेनामा सहभागी भए।

सन् २००७ मा फखर पाकिस्तानको नौसेनामां सेलर बने। त्यतिखेर पाकिस्तानी नौसेनाको क्रिकेट टीम पनि थियो । र, फखर पनि क्रिकेट खेल्न थाले। उक्त टिमको प्रशिक्षक थिए, आजम खान। उनले सबैभन्दा पहिले फखरको प्रतिभाको पहिचान गरे। 

त्यसपछि फखरका मन क्रिकेटमा लाग्यो। र, उनले सन् २०१३ मा नौसेना छोडिदिए। तर, यता परिवारलाई भने छोराले जागिर गरोस् भन्ने चाहाना हुन्थ्यो। र, आवश्यकता पनि थियो। तर, फखरको मन भने क्रिकेटबाट फर्किएन। 

त्यसैबीच, पाकिस्तानी क्रिकेटका चर्चित ब्याट्म्यान यूनुस खाँनसँग भेट भयोफखरको। र, उनले फखरलाई आफ्नो क्षेत्रको घरेलू टीमबाट खेल्ने भने। मरदान, खैबर पख्वातून, एबटाबाद, ब्लूचिस्तानको टीमबाट खेल्दै गर्दा फखर उदयमानी खेलाडी बने।

सन् २०१६ मा उनले पाकिस्तान सुपर लीगमा खेल्ने मौका पाए। र, उनले उक्त प्रतियोगितामा सर्वाधिक रन बनाए। आक्रमक ब्याटिङकै कारण उनी पछिल्लो एक वर्षमै पाकिस्तानी टीममा सहभागी भए। आफ्नो पहिलो प्रतियोगितामै फखरले लगभग यादगार बनाइदिएका छन्। उनी बाँया हाते ब्याटसम्यान हुन्।   

च्याम्पियन्स ट्रफीः भारतलार्इ १८० रनले हराउँदै पाकिस्तान च्याम्पियन


 

More form the Internet

loading...