Suvadin, Home

वर्षाले रद्ध दोस्रो खेलमा नेपाल र हङकङले अंक बाँडे
नेपाल डिभिजन–२ मा झर्‍यो

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्ध दोस्रो श्रेणीमा घटुवा भएको छ। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र हङकङ्गको दोस्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको हो। यो घटुवा पछि पनि नेपालको विश्वकप खेल्ने सम्भावना भने कायमै छ।
कप्तान पारष खड्का।

काठमाडौं, असोज ३०–आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्ध दोस्रो श्रेणीमा घटुवा भएको छ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र हङकङ्गको दोस्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको हो। यो घटुवा पछि पनि नेपालको विश्वकप खेल्ने सम्भावना भने कायमै छ।

हङकङमा आइतबार आएको सामुन्द्रिक तुफानसँगै वर्षा भएपछि सोमबारका लागि सारियो। सोमबारको खेल पनि वर्षाले स्थगित भएपछि अम्पायरले दुवै टोलीलाई एक एक अंक बाँड्ने निर्णय गरे।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो। यस नतिजाले नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारभित्र पर्न असफल भएसँगै डिभिजन टूमा घटुवा हुने निश्चित भएको छ।

नेपालसँगै नामिविया र युएईको डिभिजन खस्कने निश्चित भइसकेको छ। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स १८ अंकसहित शीर्ष स्थानमा छ भने १६ अंक जोडेको पपुवा न्युनिगी दोस्रो, १५ अंकसहित स्कटल्याण्ड तेस्रो, १४ अंक पुर्‍याएको हङकङ चौथो र १२ अंक जोडेको केन्या पाचौं स्थानमा छ।
 


 

More form the Internet

loading...