Suvadin, Home

क्रिकेट खेलाडीलार्इ दिनको ६ सयका दरले ३१ दिनको भत्ता वितरण

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले नेपाली क्रिकेटमा देखिएको समस्यामा खेलाडीको कुनै दोष नभएको बताएका छन्। मंगलबार नक्सालमा आयोजित राष्ट्रिय पुरुष क्रिकेट टोलीसँगको अन्तरक्रियामा सदस्य–सचिव विष्टले भने, ‘नेपाली क्रिकेटमा देखिएको समस्या क्रिकेटको नेतृत्व गर्नेहरुको अदुर्शीताका कारण हो।
कार्यक्रमलार्इ सम्बाेधन गर्दै नेपाली नेशनल क्रिकेट टिमका कप्तान पारस खड्का।

काठमाडौं, चैत १ गते - राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले नेपाली क्रिकेटमा देखिएको समस्यामा खेलाडीको कुनै दोष नभएको बताएका छन्।

मंगलबार नक्सालमा आयोजित राष्ट्रिय पुरुष क्रिकेट टोलीसँगको अन्तरक्रियामा सदस्य–सचिव विष्टले भने, ‘नेपाली क्रिकेटमा देखिएको समस्या क्रिकेटको नेतृत्व गर्नेहरुको अदुर्शीताका कारण हो। यसमा खेलाडीको कुनै दोष छैन।’

उनले क्रिकेटको समस्या समाधान गर्न नेपाल सरकार, खेलकुद मन्त्रालय र परिषद् गम्भीर भएको बताउदै आईसीसीसँग पनि राम्रो समझदारी बनिरहेको बताए। सदस्य–सचिव विष्टले खेलाडीका लागि के गर्दा राम्रो हुन्छ त्यसमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आईसीसीको आर्थिक गतिविधि स्पष्ट हुनुपर्नेमा जोड दिए। सदस्य–सचिव विष्टले विश्व क्रिकेट लिगमा सोमबार केन्याविरुद्ध हात पारेको जितका लागि टोलीलाई बधार्इ पनि दिएका थिए ।

प्रशिक्षक जगत टमाटाले क्रिकेटको अन्योल चाँडोभन्दा चाँडो अन्त्य हुनुपर्नेमा जोड दिए। कप्तान पारस खड्काले क्रिकेटका सम्पूर्ण सरोकारवाला र एडभाइजरी कमिटी एकै ठाउँमा बसेर छलफल गरेर अगाडि बढे उपयुक्त हुने धारणा राखे।

सोही अवसरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीसहित २५ सदस्यीय टोलीलाई भत्ता वितरण गरिएको थियो। दिनको ६ सयका दरले जम्मा ३१ दिनको भत्ता वितरण गरिएको हो।


 

More form the Internet

loading...