Suvadin, Home

श्रीलंकाविरुद्धको तेश्रो तथा निर्णायक टेष्टको पहिलो इनिङमा भारतको उत्कृष्ट प्रदर्शन

ओपनर शिखर धवनलाई मात्र २३ रनमा गुमाएको उसका लागि कप्तान विराट कोहलीले अविजित एक सय ५६ तथा अर्का ओपनर मुरली विजयले एक सय ५५ रनको योगदान दिए।
शतक प्रहार गरेपछि भारतका कप्तान विराट कोहली र मुरली विजय।

झापा, मंसिर १७ – श्रीलंकाविरुद्धको तेश्रो तथा निर्णायक टेष्टको पहिलो इनिङमा घरेलु टोली भारतले उत्कृष्ट प्रदर्शन गरेको छ। दिल्लीको फिरोज शाह कोटला स्टेडियममा टस जितेर ब्याटिङ थालेको उसले पहिलो दिनको खेल सकिँदासम्म ४ विकेटको क्षतिमा ३ सय ७१ रन जोडेको छ।

ओपनर शिखर धवनलाई मात्र २३ रनमा गुमाएको उसका लागि कप्तान विराट कोहलीले अविजित एक सय ५६ तथा अर्का ओपनर मुरली विजयले एक सय ५५ रनको योगदान दिए।

यो शतक उनको टेष्ट खेल जीवनको २०औं शतक हो। योसँगै कोहलीले टेष्टतर्फ ५ हजार रन पनि पूरा गरेका छन्। त्यस्तै २ सय ६७ बलको सामना गरेका विजयले १३ चौका प्रहार गरेका थिए।

उनी लक्सन सन्दकानको बलमा विकेट किपर निरोसन डिकवेलाद्वारा स्टम्पिङ भएका थिए। आस गरिएका चेतेश्वर पुजरा २३ रनमै पेवेलियन फर्किएको खेलमा आक्रामक ब्याट्सम्यान अजिन्क्या रहाणेले मात्र एक रनमा चित्त बुझाए। उनी पाँचौ बलको सामना गर्ने क्रममा सन्दकानकै बलमा विकेटकिपर डिकवेलाद्वारा नै स्टम्पिङ भए।

क्रिजमा रहेका रोहित शर्मा १४ बलको सामनामा एक चौकाको सहायताले ६ रनमा छन्। उनीसँगै अविजित रहेका कप्तान कोहलीले एक सय ८६ बलको सामना गर्दै १६ चौका प्रहार गरेका छन्।

आइतबार दोश्रो दिनको खेल शुरु हुँदा घरेलु टोली ९० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ७१ रनबाट खेल्न शुरु गर्नेछ। आइतबार पहिलो बलको सामना कोहलीले गर्ने छन्। तीन टेष्ट म्याचको श्रृंखलामा घरेलु टोली १–० ले अघि छ।


 

More form the Internet

loading...