Suvadin, Home

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका विषयमा हास्य कलाकार जिग्रीको यस्तो उद्घोष

उचित श्राेत,साधन र खेल मैडानकाे अभावकाे बावजुत नेपालले उल्लेखनीय फड्काे मार्न सफल भएकाे छ। उक्त उपलब्धीकाे प्रशंसा गर्दै हास्य कलाकार कुमार कट्टेल उर्फ जिग्रीले उक्त जीतलार्इ यथावत राख्दै क्रिकेट जगतकाे रूपमा नेपालकाे पहिचान बनाउन अाफु सहयाेय गर्न तत्पर रहेकाे उद्घाेष गरेका छन्।

काठमाडाैं, चैत ५ – नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटकाे मान्यता प्राप्त गरेपछि समस्त क्रिकेट प्रेमिमा खुशी छाएकाे छ। नेपाली क्रिकेट टिमकाे उपलब्धीमा अन्य राष्ट्रले पनि प्रशंसा गरेका छन्।

उचित श्राेत,साधन र खेल मैडानकाे अभावकाे बावजुत नेपालले उल्लेखनीय फड्काे मार्न सफल भएकाे छ। उक्त उपलब्धीकाे प्रशंसा गर्दै हास्य कलाकार कुमार कट्टेल उर्फ जिग्रीले उक्त जीतलार्इ यथावत राख्दै क्रिकेट जगतकाे रूपमा नेपालकाे पहिचान बनाउन अाफु सहयाेय गर्न तत्पर रहेकाे उद्घाेष गरेका छन्।

उनले फेसबुकमा स्टाटस लेख्दै नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आफू पहलकदमी लिन तयार भएको उद्घोष गरेका छन्।

उनले लेखे, ‘राजनीतिले हरेक दिन बिगार्दै गएको देशलाई क्रिकेटले जोड्दै छ। दुःखेको देशलाई मल्हम दल्ने काम क्रिकेटले गर्‍यो, अब दुखेको क्रिकेटलाई मल्हम लगाउने पालो देशको।’

‘हाम्रा खेलाडीहरु नेपाल आएपछि खेलाडीहरुसँग, मन्त्रीज्यूसँग र क्रिकेटको उच्च निकायसँग छलफल गरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियानको पहलकदमी लिन म तयार छु, यो सम्भव छ।’

उनले विश्वमा ब्राजिल, अर्जेन्टिनालाई फुटबलले चिनाएजस्तै नेपाललाई सगरमाथा र बुद्धको देशबाहेक क्रिकेटले चिनाउन सक्ने बताएका छन्।

साथै रंगशाला निर्माणका लागि उनले आर्थिक जोहो गर्ने उपाय पनि सुझाएका छन्। जिग्रीले लेखेका छन्, ‘हामी ५० लाख क्रिकेट प्रेमीबाट प्रतिव्यक्ति १ हजार मात्र उठाए पनि ५ अर्ब रुपैयाँ उठ्छ।’

उनले आफ्नो तर्फबाट २० हजार दिने घोषणा गर्दै सबैलाई यो अभियानमा सामेल हुन आह्वान गरेका छन्। उनको स्टाटसमा थुप्रैले सकरात्मक प्रतिक्रिया दिँदै समर्थन जनाइरहेका छन्। र, क्रिकेट प्रेमिहरूले अाफुले सक्ने अार्थिक सहयाेग गर्न तत्पर भएका छन्।

पछिल्लो समय हास्यकलाकार सीताराम कट्टेल धुर्मुसले र सुनतलीले सामाजिक कामबाट नाम कमाइरहेकाे बेला उनका भाई कुमारले शुरू गरेकाे उक्त कदमले रंगशाला निर्माण हुने अाशा पलाएकाे छ। उनकाे उक्त कदमले सरकारलार्इ पनि क्रिकेटकाे बारेमा साेच्नकाे लागि घच्घचाएकाे छ।

जिग्रीले लेखेको स्टाटस जस्ताको त्यस्तैः

पढ्नै पर्ने!! 
राजनीतिले per day बिगार्दै गयको देशलाई 
क्रिकेटले one day मान्यता भित्र्याउदै जोड्दै छ। 
दुःखेको देशलाई मलम दल्ने काम क्रिकेटले गर्यो अब दुखेको क्रिकेटलाई मलम लगाउने पालो देशको ! 
हाम्रा खेलाडी हरु नेपाल आए पछी खेलाडी हरु सँग, मन्त्रीज्यु सँग र क्रीकेटको उच्च निकाय सँग छलफल गरी international cricket stadium बनाउने अभियानको पहलकदमी लिन म तयार छु , यो सम्भव छ। 
विश्वमा ब्राजिल,अर्जेन्टिना फुटबलले चिनिए जस्तै नेपाललाई सगरमाथा र बुद्दको देश बाहेक क्रिकेटले चिनाउन सकिन्छ ! 
हामी 50 लाख क्रिकेट प्रेमी बाट हर ब्यक्ती 1000 मात्र उठाए 5000000000 उठ्छ! 
International Cricket stedium बनाउन म मेरो व्यक्तिगत तर्फबाट रु २०,००० सहयोग गर्न तयार छु 
के तपाईं यो अभियानको लागि तायार हुनुहुन्छ ?

Image may contain: stadium and outdoor


 

More form the Internet

loading...