Suvadin, Home

पोखरामा टी–२० क्रिकेट प्रतियोगिता हुने, विजेताले एक लाख २५ हजार पाउने

पोखरामा खुल्ला टी–२०  क्रिकेट प्रतियोगिता आयोजना हुने भएकोे छ। 
फाइल फाेटाे।

पोखरा,  कात्तिक ११– पोखरामा खुल्ला टी–२०  क्रिकेट प्रतियोगिता आयोजना हुने भएकोे छ। 

राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा कात्तिक २१ देखि २५ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको हो। 

प्रतियोगितामा १६ टोलीको सहभागिता रहने  क्रिकेट एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलाडी करण केसीले जानकारी दिए। 

प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख २५ हजार चार सय ५६ र द्वितीय हुनेले ५४ हजार तीन सय २१ का साथमा ट्रफी र पदक प्राप्त गर्नेछन्। 


 

More form the Internet

loading...