Suvadin, Home

यू–१९ राष्ट्रिय टोलीको कप्तानीमा दिपेन्द्रसिंह ऐरी

मलेसियामा हुने एसीसी यू–१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह ऐरीले पाएका छन्।
दिपेन्द्रसिंह ऐरी।

काठमाडौ, भदौ ११–मलेसियामा हुने एसीसी यू–१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह ऐरीले पाएका छन्।

 सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू–१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका हुन्।

 टोलीमा कप्तानीको जिम्मेबारी दीपेन्द्र सिंह ऐरीले पाएका छन् भने यसअघि सन्दीप लामिछाने कप्तान थिए।घोषित टोलीका अन्य सदस्यहरुमा सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहित कुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, बिक्रमकुमार भुसाल, सन्दिप जोरा र सुमित महर्जन छन्।

त्यस्तै चार अतिरिक्त खेलाडीमा कमलसिंह ऐरी, ललित राजवंशी, प्रकाश केसी र रिजन ढकाल छनौटमा परेका छन्। 
नेपाली टोली आगामी भदौ २३ गते मलेसिया प्रस्थान गर्नेछ। प्रतियोगितामा नेपाल समूह ए मा परेको छ। यस समूहमा सिंगापुर, थाइल्याण्ड, भुटान छन्। 
 


 

More form the Internet

loading...