Suvadin, Home

अस्वस्थताका कारण शरदको स्थानमा नरेश बुढा ऐर खेल्ने

फाइल फाेटाे।

काठमाडौं, असोज २६ – नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङ विरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि हङकङ पुगेको छ।

पूर्ण तयारीका साथ हङकङ पुगेको नेपाली टोलीका ब्याट्सम्यान शरद भेषवाकरको शारिरिक अस्वस्थताका कारण उनी खेल्ने नखेल्ने बारे अन्याेलता छाएकाे छ। उनलार्इ एक्कासी बढेकाे ज्वराेले समस्या देखा परेकाे हाे।

नेपाली टोलीका प्रशिक्षक जगत टमटाले शरदलाई रिकभर भए र उनी खेल्न सक्ने अवस्थामा आए खेलमा सहभागी हुने बताएका छन्। शरद अस्वस्थताका कारण खेल्न नसक्ने भएपछि उनको स्थानमा नरेश बुढाऐर खेल्ने भएका छन्।

च्याम्पियनसिपमा नेपालले शुक्रबार र आइतबार हङकङविरुद्ध हङकङको घरेलु मैदानमा खेल्दैछ। ज्वरोले च्यापेपछि बिहीबारको अभ्याससत्रमा पनि शरद अनुपस्थित रहेका थिए।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले अनुभवी खेलाडि खेलमा नहुँदा समस्या हुनेभए पनि आफुहरुले पूर्वयोजना अनुसार नै खेल्ने बताएका छन्।

शरदको सम्भावीत स्थान ओगट्ने खेलाडिका रुपमा रहेका नरेश बुढा ऐर शुक्रबार मात्रै हङकङ पुग्ने छन्। शरदले खेल्ने नखेल्नेबारे अाधिकारीक पुष्ठि भने हुन सकेको छैन्। बिहीबार साँझको टिम मिटीङमा उनले खेल्ने नखेल्नेबारे छलफल हुनेछ।


 


 

More form the Internet

loading...