Suvadin, Home

क्रोएशिया इतिहासमा नाम लेखाउन आतुर, निधारमा ट्याटु खोपेर विजयोत्सव मनाउने राकिटिकको इच्छा

क्रोएशियाले अाज विश्वकपको फाइनल खेलमा उपाधिको हात पार्न फ्रान्सलार्इ पराजित गर्नुपर्ने हुन्छ। फाइनल अघि सञ्चारकर्मीसँग कुरा गर्दै राकिटिकले भने, 'यदि क्रोएशियाले विश्वकप फटबलको उपाधि जितेर इतिहास बनाउन सफल भयो भने म पनि निधारमा ट्याट्टु खोप्ने छु।' ज्लाट्को डालिकको क्रोएसियाले अविश्वसनीय रुपमा फाइनलमा स्थान बनाउन सफल भएको थियो। राकिटिकले थपे ‘त्यहाँ धेरै ठाउँ छ, तपाईं पनि देख्न सक्नुहुन्छ। तर, पहिले मैले यो विषयमा मेरी श्रीमतीलाई सोध्नुपर्छ।’

काठमाडाैं, ३१ असार – क्रोएशियाका मिडफिल्डर इभान राकिटिकले यदि आफ्नो टोलीले विश्वकप जितेको खण्डमा निधारको अघिल्लो भागमा ट्याट्टु खोप्ने बताएका छन्। अप्रत्याक्षित टोलीको रूपमा हेरिएको राकिटिकको टोली क्रोएशियाले पहिलोपटक फाइनलमा स्थान बनाएको हो।

क्रोएशियाले अाज विश्वकपको फाइनल खेलमा उपाधिको हात पार्न फ्रान्सलार्इ पराजित गर्नुपर्ने हुन्छ। फाइनल अघि सञ्चारकर्मीसँग कुरा गर्दै राकिटिकले भने, 'यदि क्रोएशियाले विश्वकप फटबलको उपाधि जितेर इतिहास बनाउन सफल भयो भने म पनि निधारमा ट्याट्टु खोप्ने छु।' ज्लाट्को डालिकको क्रोएशियाले अविश्वसनीय रुपमा फाइनलमा स्थान बनाउन सफल भएको थियो। राकिटिकले थपे ‘त्यहाँ धेरै ठाउँ छ, तपाईं पनि देख्न सक्नुहुन्छ। तर, पहिले मैले यो विषयमा मेरी श्रीमतीलाई सोध्नुपर्छ।’

यस्तै राकिटिकले क्रोएशिया विश्वकपको नयाँ च्याम्पियन बने टोलीले छुट्टै तरिकाले खुशीयाली मनाउने बताएका छन्। उनले भने, ‘वास्तवमा म एकदमै खुशी छु। किनकी मेरो टोली पहिलो पटक फाइनलमा पुग्न सफल भएको छ। एउटा टोलीका रुपमा गोल गर्न सक्नु र फाइनलसम्म पुर्याउनुलाई सबैले ठुलो सफलता मान्दछन्। एक भएर खेल्दा नै हामीले यो सफलता हात पारेका हौं। फाइनल जित्न पनि आतुर छौं।’

समूह चरणमा शतप्रतिशत जित निकालेको क्रोएसियाले प्रि–क्वार्टरफाइनलमा डेनमार्क र क्वार्टरफाइनलमा रूसलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। सेमिफाइनलमा इङ्ल्यान्डमाथि अतिरिक्त समयमा २–१ को सनसनीपुर्ण जित निकाल्दै क्रोएसिया फाइनल पुगेको थियो। नकआउट चरणमा संघर्ष गर्नुपरे पनि टोली नथाकेको राकिटिकले बताएका छन्।

राकिटिकले भने, ‘हामीले फाइनल खेलअघि प्रशस्तै आराम गर्ने अवसर पाएका छौं। फ्रान्सविरुद्धको ऐतिहासिक खेलमा हामी थकित महसुस नगरी उत्कृष्ट खेल पस्कने योजनामा हुनेछौं। यो खेल हाम्रो लागि मात्रै हैन। यो क्रोएशियन जनताहरुको लागि पनि हो। यहाँ ४–५ मिलियन खेलाडीहरु छन्। उनीहरु एकले अर्कालाई हेरिरहेका हुनेछन्। यो हाम्रो जीवनको सबैभन्दा ठूलो खेल हो।’

उनले थपे ‘क्रोएशियाले कसरी फाइनलसम्म स्थान बनायो भनेर तपाईंले क्रोएसियाको फुटेज हेर्न सक्नुहुनेछ। जहाँबाट तपाई छलंङ्ग हुनुहुनेछ। अनि टोलीको एकता र गर्वको अविश्वनीय आनन्दित महसुस गर्नुहुनेछ।’


 

More form the Internet

loading...