Suvadin, Home

युरोकप : स्लोभाकियालाई हराउँदै क्रोएसिया विजयी 

काठमाडौं । विश्वकप फुटबलको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको छ ।

शनिबार राति समूह ईको खेलमा स्लोभाकियालाई ३–१ ले हराउँदै विश्वकपको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको हो ।

खेलमा अग्रता स्लोभाकियाका ३२ औ मिनेटमा बोजेनिकको गोलबाट लिएको थियो । घरेलु टोलीका निकोला भ्यासिकले ५६ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

बुर्नो पेटकोविक ६० औ मिनेटमा क्रोएसियालाई २–१ को अग्रता दिलाए । ईभान पेरिसिक ७४ औ मिनेटमा गोल गर्दै टोलीका जित सुनिश्चित गरे ।

६६ औ मिनेटमा मेक रातो कार्ड खाँदै मैदान बाहिरिएपछि स्लोभाकिया १० खेलाडीले सिमित बनेको थियो । समूह ई अन्तर्गत क्रोएसियाले १७ अंक सहित शीर्ष स्थानमा रहँदै युरोकपमा छनोट भयो । चौथो स्थानको स्लोभाकियाको १० अंक रह्यो ।


 

More form the Internet

loading...