Suvadin, Home

जुम्लाका दुर्गाबहादुर र अार्मीकी विश्वरुपालाई दमक मिनी म्याराथोनकाे उपाधि (फाेटाे फिचरसहित)

झापाको दमकमा शनिबार सम्पन्न १५ किलाेमिटर दमक मिनी म्याराथोनको उपाधि पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढा र महिलातर्फ त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढाले जितेकी छन्।
दमक मिनी म्याराथोनका उपाधि। तस्वीरः उत्तम/शुभदिन

उत्तम रिजाल, झापा, मंसिर ९ – झापाको दमकमा शनिबार सम्पन्न १५ किलाेमिटर दमक मिनी म्याराथोनको उपाधि पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढा र महिलातर्फ त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढाले जितेकी छन्।

दुर्गाले निर्धारित दुरी ४४ दशमलव ०३ मिनेटमा पार गर्दै उपाधि जितेका हुन्। उनले त्रिभुवन आर्मी क्लबका धावकद्वयलाई कृष्ण बस्नेत र लालबहादुर थापालाई पछि पार्दै उपाधि जितेका हुन्। बस्नेत दोश्रो र थापा तेश्रो भएका छन्। बस्नेतले निर्धारित दुरी ४४ दशमलव १२ मिनेट र थापाले ४४ दशमलव ४७ मिनेटमा पार गरेका थिए।

त्यस्तै, महिलातर्फको उपाधि जितेकी आर्मीकी विश्वरुपा बुढाले उक्त दुरी ५३ दशमलव ०३ मिनेटमा पार गरिन्। उनले पुलिसकी कान्छीमाया कोजुलाई पछि पार्दै उपाधि जितेकी हुन्।

महिलातर्फको उपाधि जितेकी आर्मीकी विश्वरुपा बुढाले उक्त दुरी ५३ दशमलव ०३ मिनेटमा पार गरिन्। पुलिसकी कान्छीमाया कोजु दाेश्राे भएकी छिन्।

दोश्रो भएकी कान्छीमायाले सो दुरी ५३ दशमलव ०३ मिनेट र तेश्रो भएकी सुनमाया बुढाले ५३ दशमलव ३६ मिनेटमा पार गरेकी हुन्। उनीहरुले क्रमशः ४० हजार, २५ हजार र १५ हजार प्राप्त गरेका छन्। त्यस्तै १३ देखि १६ वर्ष उमेर समूहमा सुनिल थापा प्रथम भए। लक्ष्मण अधिकारी दोश्रो र नन्दु राई तेश्रो भएका छन्।

सोही उमेर समूहको महिलातर्फ हुमी बुढा प्रथम, मञ्जु राई दोश्रो र सिर्जना राई तेश्रो भएका छन्। उनीहरुले क्रमशः १५ हजार १० हजार र ५ हजार प्राप्त गरेका छन्।

त्यस्तै भेट्रानतर्फ धर्म महर्जन प्रथम, दामोदर बुढा दोश्रो र श्याम राई तेश्रो भएका छन्। सुपर भेट्रानतर्फ निर्मल राई प्रथम, गीतकार बुद्धवीर लामा दोश्रो र मोहन कुमार सुब्बा तेश्रो भएका छन्।

सोही समूहको महिलातर्फ रीता राई प्रथम, मनमाया लिम्बु दोश्रो र रीता लिम्बु तेश्रो भएका छन्। यसैगरी, ७ देखि १२ वर्ष उमेर समूहको ५ किलोमिटर दुरीमा रोदन राई प्रथम, प्रशन्न राई दोश्रो र आशिष खड्का तेश्रो भएका छन्।

महिलातर्फ लक्ष्मी भुजेल प्रथम, सम्झना राई दोश्रो र दिया श्रेष्ठ तेश्रो भएका छन्। उनीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार हात पारेका छन्।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, धावक बैकुण्ड मानन्धर, दमक रनका संयोजक दिवस राई, रन्दीप राई लगायतले पुरस्कार वितरण गरेका छन्। प्रतियोगिता दमक रनले आयोजना गरेको हो।


 

More form the Internet

loading...