दमक स्कूल रनको उपाधि श्रेष्ठ र लिम्बूलार्इ
उत्तम रिजाल, झापा, ६ असोज – झापाको दमकमा सम्पन्न स्कूलस्तरीय दमक रनको उपाधि छात्रातर्फ चन्द्रा श्रेष्ठ र छात्र तर्फ युवराज लिम्बूले जितेका छन्।
दमक रन समूहले आयोजना गरेको रनमा सरस्वती आधारभूत विद्यालयकी चन्द्राले निर्धारित ३ किमी दुरी १२ मिनेट ५ सेकेण्डमा पुरा गर्दै उपाधि जितेकी हुन्।
छात्रा तर्फकै १३ मिनेट १७ सेकेण्डमा दुरी पूरा गर्दै हिमालय माविकी सासा राई दोश्रो, १३ मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै समता स्कूल मेचीकी मनिषा थोटल तेश्रो हुँदा १४ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै स्टर्न स्टार इङ्गलिस बोर्डिङ्ग स्कूलकी सम्झना राई चौथो तथा १४ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै स्टर्न स्टारकी दिया श्रेष्ठ र चुलाचुलीकी शारदा मगर पाँचौ भए।
त्यस्तै छात्र तर्फ प्रथम भएका चुलाचुली इङ्गलिस बोर्डिङ स्कुलका युवराज लिम्बूले ८ मिनेट ५६ सेकेण्डमा दुरी पार गरेका थिए। दोश्रो भएका हिमालय माविका भुषण ठाकुरले ९ मिनेट १ सेकेण्डमा दुरी पार गरे भने ९ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै पशुपति संस्कृत माविका पूर्ण लिम्बू तेश्रो भए।
त्यस्तै सरस्वती माविका दिनेश रानामगर ९ मिनेट २६ सेकेण्डमा दुरी पार गर्दै चौथो र ९ मिनेट ४२ सेकेण्डमा दुरी पार गर्दै चुलाचुलीका आशिष खड्का पाँचौ भए। दुवै तर्फका प्रथम, दोश्रो र तेश्रोले समान ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरे। त्यस्तै चौथो हुनेले गोल्डस्टार जुत्ता तथा पाँचौ हुनेले नगद ५ सय प्राप्त गरे।
विजेताहरुलाई कार्यक्रमका प्रमूख अतिथि दमक नगरपालिकाका मेयर रोमनाथ ओली, वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र गुरुङ, दमक रनका संस्थापक अध्यक्ष रन्दिप रार्इ, होटल व्यवसायी संघका मार्इपश्चिम अध्यक्ष राजेन्द्र दंगाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, दमक रनका अध्यक्ष दिवस राई, दमक जेसिजका अध्यक्ष चन्द्र खत्री लगायतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए।
रनमा दमकका निजी तथा संस्थागत गरि २९ विद्यालयका एक सय ९६ विद्यार्थीहरुको सहभागिता रहेको थियो।