Suvadin, Home

फेरी स्पेनका अर्को खेलाडी सिल्भाले गरे सन्यासको घोषणा

स्पेनका डिफेन्डर जेरार्ड पिकेले सन्यासको घोषणा गरेको एक दिन पछि नै सिल्भाल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको हो। सन्यासको घोषणा गर्दै सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु आफ्नो लागि निकै कठिन रहेको बताएका छन्। सन्यासपछि सिल्भाले भने, ‘मलाई स्पेनको राष्ट्रिय टिमबाट खेल्दा धेरै नै गौरवको महसुस हुन्छ। किनकि यहाँ मैले उत्कृष्ट समय बिताएको छु। सन्यासको निर्णय गर्नु मेरो करियरकै सबैभन्दा गाह्रो क्षण बनेको छ।’ उनले टिमलाई सधै सम्झिरहने पनि बताएका छन्।

काठमाडाैं, २९ साउन – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३२ वर्षीय सिल्भाले सोमबार सामाजिक सञ्जाल ट्वीटरबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्।

स्पेनका डिफेन्डर जेरार्ड पिकेले सन्यासको घोषणा गरेको एक दिन पछि नै सिल्भाल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको हो। सन्यासको घोषणा गर्दै सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु आफ्नो लागि निकै कठिन रहेको बताएका छन्।

सन्यासपछि सिल्भाले भने, ‘मलाई स्पेनको राष्ट्रिय टिमबाट खेल्दा धेरै नै गौरवको महसुस हुन्छ। किनकि यहाँ मैले उत्कृष्ट समय बिताएको छु। सन्यासको निर्णय गर्नु मेरो करियरकै सबैभन्दा गाह्रो क्षण बनेको छ।’ उनले टिमलाई सधै सम्झिरहने पनि बताएका छन्।

१५ नोभेम्भर २००६ मा रोमानियाविरुद्धको खेलबाट स्पेनको सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका ३२ वर्षीय सिल्भाले १२५ खेल खेल्दै ३५ गोल गर्न सफल भएका छन्। त्यसयता सिल्भा टिमका नियमित सदस्य बनेका थिए। स्पेनले २००८ मा युरोकप, २०१० मा विश्वकप र २०१२ मा युरोकप जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए।


 

More form the Internet

loading...