Suvadin, Home

सांसद मनाङ्गेले कुटे एन्फा कास्कीका अध्यक्षलाई

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।

पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै सांसद मानाङेले अध्यक्ष गुरुङलाई कुटेको बताइएको छ । गुरुङ प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला मनाङ्गेले झापड हानेका थिए ।

मनाङको प्रतिनिधित्व गर्दै टिम लिएर पोखरा महानगरपालिका–२९ स्थित लेखनाथ भण्डारढिक खेल मैदान पुगेका सांसद मनाङले खेलाडीलाई बस्ने व्यवस्था नमिलाएको भन्दै अध्यक्ष गुरुङलाई पिटेका थिए ।

मंगलबारबाट सुरु भएको गण्डकी प्रदेश स्तरीय कपमा ११ जिल्ला मध्येबाट ९ टिमको सहभागिता छ ।


 

More form the Internet

loading...