Suvadin, Home

डिपिएलः चाैराहा च्याम्पियन

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिए) काे उपाधि टिम चाैराहा धनगढीले उचालेकाे छ। सेती अञ्चल प्रहरी कार्यालयकाे मैदानमा शनिबार भएकाे खेलमा विराटनगर किंग्सलार्इ ६२ रनले पराजित गर्दै  चाैराह च्याम्पियन बनेकाे हाे। 
टिम चाैराह, धनगढी टिम। तस्बिरः विकेटनेपाल

काठमाडाैं, बैशाख ९ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिए)काे उपाधि टिम चाैराहा धनगढीले उचालेकाे छ। सेती अञ्चल प्रहरी कार्यालयकाे मैदानमा शनिबार भएकाे खेलमा बिराटनगर किंग्सलार्इ ६२ रनले पराजित गर्दै  चाैराह च्याम्पियन बनेकाे हाे। 

टस जितेर पहिले ब्याटिङ गरेकाे धनगढीले २० अाेभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनायाे। धनगढीका अारिफ सेखले ५४, अमर सिंह राैटेलाले ३१ तथा पारस खड्काले २९ रन बनाए। 

बलिङमा विराटनगरका सुशील कँडेलले २ तथा जितेन्द्र मुखिया, सन्दीप लामिछाने र प्रकाश विष्टले १ विकेट लिए।

जवाफी ब्याटिङमा बिराटनगरले १८.१ अाेभरमा सवै विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्याे। विराटनगरका प्रतिन थापामगरले २७ तथा अमित श्रेष्ठले २६ रन बनाए। 

बलिङ तर्फ धनगढीका सुशान भारीले ३ तथा अारिफ सेख र साैरभ खनालले समान २ विकेट लिए। खेलकाे म्यान अफ द फाइनल अारिफ सेख भए। 

जितसँगै धनगढीले १५ लाख हात पारेकाे छ भने उपविजेता बिराटनगरले ७ लाखमा चित्त बुझाउनुपरेकाे छ। खेलका प्लेयर अफ द सिरिज सुशिल कडेलले एपाची माेटरसाइकल पुरस्कार पाए।


 

More form the Internet

loading...