Suvadin, Home

रूपेन्देहीलार्इ फराकिलाे अन्तरले हराउँदै धनगढी फाइनलमा

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बिहीबार भएकाे दाेस्राे क्वालिफायर खेलमा रूपेन्देही च्यालेन्जर्सलार्इ ९२ रनको फराकिलाे अन्तरले पराजित गर्दै टिम चाैराह धनगढीले फाइनमा बिराटनगर किंग्ससँगकाे भेट पक्का गरेकाे छ। विराटनगर पहिलाे क्वालिफायरमा काठमाडाैंलार्इ पराजित गर्दै फाइनल प्रवेश गरिसकेकाे छ। टस जितेर पहिले ब्याटिङ गरेको टिम चौराहाले पारस खड्काकाे विस्फाेटक अर्धशतकिय पारीकाे मदतमा १ सय ७२ रन बनायाे। लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको रुपन्देही १५.२ अाेभरमा ८० रनमा अलआउट भयाे।
म्यान अफ द म्याच पुरस्कार ग्रहण गर्दै धनगढीका कप्तान पारस खड्का।

काठमाडाैं, बैशाख ७ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बिहीबार भएकाे दाेस्राे क्वालिफायर खेलमा रूपेन्देही च्यालेन्जर्सलार्इ ९२ रनको फराकिलाे अन्तरले पराजित गर्दै टिम चाैराह धनगढीले फाइनमा बिराटनगर किंग्ससँगकाे भेट पक्का गरेकाे छ। विराटनगर पहिलाे क्वालिफायरमा काठमाडाैंलार्इ पराजित गर्दै फाइनल प्रवेश गरिसकेकाे छ।

टस जितेर पहिले ब्याटिङ गरेको टिम चौराहाले पारस खड्काकाे विस्फाेटक अर्धशतकिय पारीकाे मदतमा १ सय ७२ रन बनायाे। लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको रुपन्देही १५.२ अाेभरमा ८० रनमा अलआउट भयाे। 

धनगढीकाे जितमा कप्तान खड्काले ४१ बलमा अविजित ६७ रनकाे पारी खेले। ३२ बलमा अर्धशतक पुरा गरेका पारसले आफ्नो पारीमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए। त्यस्तै, राजु रिजालले २५ तथा साैरभ खनालले २४ रन बनाए। धनगढीका अमरसिंह राउटेलाले पनि १२ बलमा ३ चौकासहित १६ रन बनाए।

बलिङ मुख्य शक्तिका रूपमा रहेकाे रूपेन्देहीका बलरहरू नै चलेनन्। कृष्ण कार्कीले २ विकेट लिन ४० रन खर्चे भने बिक्रम भुसाल र साहब आलमले पनि १/१ विकेट लिए।

रूपेन्देहीका ब्याट्सम्यानहरूले पनि याेगदान दिन सकेनन्। राजेश पुलामी र कृष्ण कार्कीले सर्वाधिक १४ रन बनाए भने पुष्प थापाले १३ रन बाहेक अन्यले दाेहाेराे अंक जाेड्न नसक्दा रूपेन्देही फाइनल यात्राबाट बाहिरियाे। 

चौराहाको लागि आरीफ शेखले २ तथा सौरभ खनाल र ललित राजवंशीले समान ३/३ विकेट लिए। सुशन भारीले एक विकेट लिए। उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका कप्तान पारस खड्का खेलका म्यान अफ द म्याच भए। चौराहाले शनिबार हुने फाइनल खेलमा बिराटनगर किङ्सको सामना गर्नेछ।


 

More form the Internet

loading...