Suvadin, Home
Citizen Bank 35.1k

डिपिएलकाे फाइनल खेलमा टस जितेर ब्याटिङ गर्दै धनगढी

रु २५ लाख पुरस्कारका लागि प्रदेश नम्बर–७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा प्रतिष्पर्धा भइरहेको छ। टस जितेर धनगढीले ब्याटिङ गरिरहेको छ। धनगढी डिपिएलको गत संस्करणको विजेतासमेत हो।

काठमाडाैं, चैत ३० – धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्सबीच खेल भइरहेको छ। 

रु २५ लाख पुरस्कारका लागि प्रदेश नम्बर–७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा प्रतिष्पर्धा भइरहेको छ। टस जितेर धनगढीले ब्याटिङ गरिरहेको छ। धनगढी डिपिएलको गत संस्करणको विजेतासमेत हो। 

बिहीबार महेन्द्रनगर युनाइटेडलाई काठमाडौं गोल्डेन्सले ५ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो। यस्तै प्ले अफअन्तर्गत गत मंगलबार पहिलो क्वालिफायरमा काठमाडौंलाई एक विकेटले हराउँदै धनगढीले फाइनलको यात्रा तय गरेको थियो। 

धनगढीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्लले गरिरहेका छन्। धनगढी प्रिमियर लिग गत चैत १७ गतेदेखि शुरु भएको हो। प्रतियोगिताको उपविजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ।


 

More form the Internet

loading...