Suvadin, Home

पारसकाे अाक्रामक ब्याटिङपछि धनगढी प्ले अफमा, रूपन्देहीकाे पहिलाे हार

यसअघि एउटा मात्र खेल जितेकाे पारस खडकाको कप्तानीमा रहेको टिम चौराहाले प्ले अफमा पुग्न अब १४ ओभर तीन बलमा जित लक्ष्य भेटाउनु पर्ने थियाे। यदि त्यस्ताे नभए कञ्चनपुर आइकोनिक प्लेअफमा पुग्ने अवस्था अाजकाे खेलकाे थियाे। ब्याटिङमा पारस अाक्रमक प्रदर्शनपछि धनगढीले निर्धारित अाेभरभन्दा पहिलै लक्ष्य भेटाउँदै प्ले अफमा स्थान सुरक्षित गरेकाे हाे। पारसले २१ बलमा ४२ रन जाेडे। उनले ७ चाैका र २ छक्का प्रहार गरे। त्यस्तै, धनगढीका अारिफ सेखले ९ बलमा १५ तथा राजु रिजाल र अमरसिंह राैटेलाले समान १३ रन जाेडे। 
विजयी सेल्फी लिँदै धनगढी टिम। तस्बिरः कान्तिपुर।

काठमाडाैं, बैशाख ४ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा पारस खड्का नेतृत्वकाे टिम चाैराह, धनगढी प्ले अफमा प्रवेश गरेकाे छ। भर्खरै सम्पन्न राउण्ड राेबिनकाे अन्तिम खेलमा प्रतियाेगितामा अपराजित तथा अंक तालिकाकाे शीर्षस्थानमा रहेकाे रुपन्देही च्यालेञ्जर्सलार्इ ६ विकेटले पराजित गर्दै घरेलु टिम धनगढी अन्तिम ४ मा प्रवेश गरेकाे हाे।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाउदै ९१ रन मात्रै बनाउन सक्याे। खराब सुरुवात गरेको रुपन्देहीले १६ रन हुदा चार विकेट गुमाइसकेकाे थियाे। उसकाे प्रकाश केसीले सर्बाधिक ४९ तथा अन्तिम थापाले ११ बाहेक अन्यले दाेहाेराे अंक जाेड्न सकेनन्।

बलिङ तर्फ धनगढीका ललित राजबंशीले चार विकेट लिए भने सुशान भारी र साैरभ खनालले समान १ विकेट पाए।

यसअघि एउटा मात्र खेल जितेकाे पारस खडकाको कप्तानीमा रहेको टिम चौराहाले प्ले अफमा पुग्न अब १४ ओभर तीन बलमा जित लक्ष्य भेटाउनु पर्ने थियाे। यदि त्यस्ताे नभए कञ्चनपुर आइकोनिक प्लेअफमा पुग्ने अवस्था अाजकाे खेलकाे थियाे।

त्यस्तै, धनगढीका अारिफ सेखले ९ बलमा १५ तथा राजु रिजाल र अमरसिंह राैटेलाले समान १३ रन जाेडे। ब्याटिङमा पारस अाक्रमक प्रदर्शनपछि धनगढीले निर्धारित अाेभरभन्दा पहिलै लक्ष्य भेटाउँदै प्ले अफमा स्थान सुरक्षित गरेकाे हाे। पारसले २१ बलमा ४२ रन जाेडे। उनले ७ चाैका र २ छक्का प्रहार गरे।


 

More form the Internet

loading...