Suvadin, Home

ढोरपाटनमा न्यू डायमण्डको अग्रता कायमै

१२ औं ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा आफ्नो अपराजित यात्रा कायम राख्दै न्यू डायमण्ड एकेडेमी शीर्ष स्थानमा यथावत नै छ। न्यू डायमण्ड लगातार चार जीत हात पार्दै १२ अंकका साथ लिगको शीर्ष स्थानमा रहेको हो।
मिडिया कपमा कान्तिपुर (नीलो जर्सी) र नेपाल टेलिभिजनका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं, पुस २६


१२ औं ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा आफ्नो अपराजित यात्रा कायम राख्दै न्यू डायमण्ड एकेडेमी शीर्ष स्थानमा यथावत नै छ। न्यू डायमण्ड लगातार चार जीत हात पार्दै १२ अंकका साथ लिगको शीर्ष स्थानमा रहेको हो।

नयाँ बसपार्कमा सोमबार भएको तेस्रो दिनको खेलमा उनले कमजोर प्रतिद्धन्दि विजेश्वरी ज्ञान मन्दिर सैनिक स्कुललाई ३–० को सोझो सेटमा हरायो । न्यू डायमण्डले विजेश्वरीमाथी २५–२,२५–३ र २५–० को सहज जित निकाल्यो।

विभागीय टोली एपीएफले तीन खेलबाट अपराजित रहदै ९ अंक जोडेको छ। यससँगै एक खेल कम खेलेको एपीएफले चिर परिचित प्रतिद्वन्द्वी न्यू डायमण्डलाई पछ्याइरहेको छ। एपीएफले आफ्नो तेस्रो खेलमा विभागिय प्रतिद्वन्द्वी पुलिसलाई ३–१ ले हरायो।

पहिलो सेट २०–२५ ले गुमाएपनि खेलमा फर्कदै लगातार तीन सेट २५–१५, २५–१६ र २५–१६ ले आफ्नो पक्षमा पार्न सफल भयो। पुलिसले पहिलो खेलमा पराजय बेहोरेपनि दोस्रो खेलमा आयोजक ढोरपाटनलाई ३–० को सोझो सेटमा हरायो। पुलिसले ढोरपाटनलाई २५–१२, २५–१० र २५–१७ ले हराउदै लिगमा दोस्रो जित हात पार्यो।

पुलिस क्लब चार खेलमा ६ अंक मात्र बटुल्दै पाँचौ स्थानमा छ। पराजित आयोजक ढोरपाटनले तीन खेलमा एक जित हात पारेपनि दुई अंक जोडेको छ। उसले चण्डेश्वरीसँग भएको खेलमा ३–२ ले नतिजा आफ्नो पक्षमा पारेपछि एक अंक गुमाएको थियो। त्यस्तै रामेछापको चण्डेश्वरीले न्यू डायमण्ड स्पोट्र्स क्लबलाई ३ – ० को सोझो सेटमा हरायो। चण्डेश्वरीले २५–२३, २५–२१ र २५–९ ले खेल आफ्नो पक्षमा पारेको थियो।

चण्डेश्वरी चार खेलबाट दुई जितमा ७ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। उसले आयोजकसँगको खेलमा पराजित भएपनि एक अंक बटुलेको थियो। नेपाल आर्मीले चण्डेश्वरीलाई २५–६, २५–१९ र २५–१० को सोझो सेटमा हरायो । चौथो स्थानमा रहेको आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ।

छानबिनका लागि पत्राचार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट र फुटबलमा भएको अनिमियतता छानविन गर्न गठन गरेको समितिले सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ।
राखेपका सदस्य समेत रहेका समिति संयोजक देवकुमार अधिकारीको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो।

पुस पहिलो साता परिषद्ले अधिकारीको संयोजकत्वमा राखेप अन्तर्गत प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा, संघ संस्था समन्वय शाखा प्रमुख डेमबहादुर बस्नेत र राखेपका कानुनविज्ञ धनबहादुर श्रेष्ठ सदस्य रहने गरी ५ सदस्यीय छानविन समिति गठन गरेको थियो।

पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु परेकाले काम अगाडि बढाउन ढिलाई भएको र अब तीव्र गतिमा छानविन प्रकृया अगाडि बढाउने समितिले जनाएको छ। १ महिनाभित्र प्रतिवेदन बुझाइनेछ।

२०७३ असोज २० देखि हङकङमा भएको एक महिने प्रशिक्षण तथा महिला विश्व कप छनोट प्रतियोगिताका लागि नेपाली खेलाडी छनोट गर्ने क्रममा क्यानका प्रशासन प्रमुख छुम्बी लामा, टोली प्रशिक्षक जगत टमाटा र टिम व्यस्थापक राजु बस्न्यातले छनोटका क्रममा गैर खेलाडी छनोट गरेको लगायत विषयमा उजुरी परेको थियो।

प्रतियोगिताका लागि वरिष्ठ फिजियोथेरापिष्ट वा डाक्टर लानु पर्नेमा परिषद्मा दुई–दुई वरिष्ठ फिजियोथेरापिष्ट र डाक्टर हुँदा हुंदै स्टाफ नर्सलाई फिजियोका रुपमा लगेको, खेलाडीको ठाउमा चार गैर खेलाडीलाई आर्थिक लाभ लिई छनोटमा अनियमितता गरेको आरोप समेत छ ।

थ्रि स्टार क्लबले एन्फाका पदाधिकारीहरुको गैर जिम्मेवारीपनका कारण एएफसी कपको प्लेअफ खेल्नबाट वञ्चित हुन परेको विषयमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशन बमोजिम परिषद्ले छानविन समिति गठन गरेको थियो।

कान्तिपुर र एपीको जित

डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप र एपी वान टेलिभिजनले आठौं मिडिया कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन्। नेपाल ओलम्पिक संग्रहालयद्वारा आयोजित प्रतियोगिताको समूह ‘ए’ को  लिग खेलमा कान्तिपुरले नेपाल टेलिभिजन (एनटीभी) लाई २–१ गोलले पराजित ग¥यो । कान्तिपुरका नवीन खड्काले दुवै गोल गरे। एनटीभीका सुशील अधिकारीले सान्त्वना गोल गरे।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘ए’ कै अर्को लिग खेलमा एपीले एभिन्युजलाई ५–१ गोलले हरायो। एपीका लागि प्रसित हुमागाईंले हयाट्रिक गरे भने शंकर खड्का र सुवास समलले १–१ गोल थपे। एभिन्युजका सञ्जय श्रेष्ठले १ गोल फर्काए। मंगलबार हुने समूह ‘बी’ को एक मात्र खेलमा रेडियो नेपालले इमेज च्यानलविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

स्पोर्ट्स एकेडेमी फाइनलमा

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नकआउट फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेको छ।

चन्द्रागिरीको ठूलो ढुंगामा भएको सेमिफाइनलमा एकेडेमीले सानो गौचरण नाइट किङ क्लबलाई २–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राकेश श्रेष्ठ र नरेन्द्रमान श्रेष्ठले १–१ गोल गरे। राकेश ‘म्यान अफ द म्याच’ चुनिए। नाइट किङका बसन्त गुरुङले १ गोल फर्काए।

फाइनलमा एकेडेमीको भेट चितवन एफसीसँग हुनेछ। चितवनले वीरगन्ज युथ एकेडेमीलाई अर्को सेमिफाइनलमा ४–० गोलले हरायो। ‘म्यान अफ द म्याच’ रविन्द्र श्रेष्ठले २ तथा यमबहादुर गुरुङ र सुकलाल तामाङले १–१ गोल गरे। फाइनल खेल आज हुनेछ। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।


 

More form the Internet

loading...