Suvadin, Home

अर्जेन्टिनाकाको प्रशिक्षक बन्ने म्याराडोनाको इच्छा

म्याराडोनाले पुन अर्जेन्टाइन प्रशिक्षकको रुपमा फिर्ता हुन सक्ने सम्भावनाको बारेमा भने, 'म फर्किन सक्छु। र, त्यसका लागि केही पनि लिने छैन्।' म्याराडोनाले यस विश्वकपको विषयमा ब्राजिलले विश्वकप जितेर इतिहास बलियो बनाउन सक्ने बताएका छन्। उनले नेयमार र फिर्मिनोलार्इ फुटबल जगतमा गोल्डेन जेनेरेसन भनेर तारिफ गरेका छन्।

काठमाडाैं, २२ असार – अर्जेन्टिनाका पूर्व फुटबलर तथा लेजण्ड डिएगो म्याराडोनाले अर्जेन्टिनाको प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका छन्। गत २०१० को फिफा विश्वकपमा प्रशिक्षकको भूमिका निर्वाह गरेर फाइलन सम्म टिमलार्इ पुग्न उनको योगदान रहेको थियो।

म्याराडोनाले पुन अर्जेन्टाइन प्रशिक्षकको रुपमा फिर्ता हुन सक्ने सम्भावनाको बारेमा भने, 'म फर्किन सक्छु। र, त्यसका लागि केही पनि लिने छैन्।' म्याराडोनाले यस विश्वकपको विषयमा ब्राजिलले विश्वकप जितेर इतिहास बलियो बनाउन सक्ने बताएका छन्।

उनले नेयमार र फिर्मिनोलार्इ फुटबल जगतमा गोल्डेन जेनेरेसन भनेर तारिफ गरेका छन्। भेनेजुएलाको एक समाचार च्यानल 'डे ला मानो डे डिएज' मा म्याराडोनाको भनार्इ यस्तो रहेको छ, 'ब्राजिलको मजबुत टोली छ र मैले यसलाई विश्वकप जित्ने देखिरहेको छु।'

उनले भने, 'ब्राजिलका प्रशिक्षक टिटी मलार्इ मन पर्ने प्रशिक्षक हुन्। मेक्सिको ब्राजिलविरुद्धको खेलमा पनि त्यसरी नै खेल्न चाहन्थ्यो जसरी जर्मनीविरुद्ध खेलेको थियो।' म्याराडोनाले मेक्सिकोले पनि आशा अनुरूप राम्रो प्रस्तुती गरेको बताए।


 

More form the Internet

loading...