Suvadin, Home

क्रिकेटमय बन्दै धनगढी
५० लाख रुपैयाँ पुरस्कार राशीको डिपिएल-२ को घोषणा, के छ नयाँ?

प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउने भएका छन्। पहिलो संस्करणको विजेताले १५ तथा उपविजेताले ७ लाख रुपैयाँ पाएका थिए। तेस्रो हुने टोलीले नगद तीन लाख तथा सान्त्वना हुने टोलीले दुई लाख पाउने आयोजक डिसिएका अध्यक्ष तथा एसपिएका निर्देशक सुवास शाहीले जानकारी दिए।
प्रायोजन सम्झौतामा हस्ताक्षर गर्दै धनगढी प्रिमियर लिगका अध्यक्ष सुवास शाही र जावलाखेल ग्रुपका अध्यक्ष श्रीहर्षशमशेर राणा।

काठमाडौं, असोज २२ – धनगढी प्रिमियर लिग डिपिएलको दोस्रो संस्करण आगामी माघमा हुने भएको छ। आयोजक धनगढी क्रिकेट एकाडेमी डिसिए र सुदूरपश्चिमाञ्चल एकाडेमी एसपिए आइतबार राजधानीमा एक कार्यक्रमका बीच माघ ५ गतेदेखि धनगढीमा सञ्चालन हुने गरी डिपिएल–२ को घोषणा गरेको हो।

यस वर्ष प्रतियोगिताको पुरस्कार राशी झण्डै दोब्बर पारिएको छ। गत वर्ष २८ लाख पुरस्कार राशी रहेको थियाे। यस वर्ष ५० लाख बराबरको पुरस्कार राशी रहेको आयोजकले जनाएको छ। 

प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउने भएका छन्। पहिलो संस्करणको विजेताले १५ तथा उपविजेताले ७ लाख रुपैयाँ पाएका थिए।  

तेस्रो हुने टोलीले नगद तीन लाख तथा सान्त्वना हुने टोलीले दुई लाख पाउने आयोजक डिसिएका अध्यक्ष तथा एसपिएका निर्देशक सुवास शाहीले जानकारी दिए।

डिपिएलका प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टिभिएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ। 

प्रतियोगितामा देशका विभिन्न शहरका फ्रेन्चाइज टोलीहरुको सहभागिता हुनेछ। प्रतियोगिताको पहिलो सिजनमा सहभागिता जनाएका टोलीहरुलाई प्राथमिकता दिएर बढीमा दुई टोली थप्दै प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरुले आफ्नो नाम धनगढी क्रिकेट एकाडेमीमा दर्ता गराउनुपर्नेछ। नाम दर्ता भएका खेलाडीहरुलाई अक्सनमा समावेश गरिने साथै प्रतियोगिता खेल्ने टिमहरुको घोषणा र अक्सन आगामी मंसिरमा गरिने शाहीले बताएका छन्।

प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने छन्।

खेलकुदमार्फत राष्ट्रलार्इ चिनाउन मद्दत गर्ने एक जना पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ प्रदान गरिने भएको छ। दुवै पुरस्कारकाे राशी समान १-१ लाख रुपैयाँ रहने शाहीले बताएका छन्।

टी–२० प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्नेछन्। शीर्ष चार टोली प्ले–अफमा पुग्ने छन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्ने र पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।

प्रतियोगितामा हेर्न दर्शकका लागि विभिन्न टिकट दरहरु लागू गरिने भएको छ। लिग चरणका खेलहरुका लागि पचास, प्ले—अफमा सत्तरी र फाइनलमा सय रुपैयाँको टिकट हुने आयोजकले जनाएको छ।

टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने र बाँकी सहभागी टिमलाई ४० प्रतिशत रकम बाँडिने छ।

मुख्य प्रायोजक रुस्लान रहेको छ। सहप्रायोजकमा रैका टुर्स एन्ड ट्राभल्स, होटल डिभोटी, बेल्स क्याफे, चौधरी बुक डिपोले साथ दिएका छन्।

प्रतियोगिताको प्रवर्द्धकहरुमा नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, धनगढी उपमहानगरपालिका, होटल व्यवसायी संघ कैलाली, जिल्ला विकास समिती कैलाली, क्रिकेट प्लेयर्स एशोसियसन अफ नेपाल रहेका छन्।


 

More form the Internet

loading...