Suvadin, Home
Nepal life 3.22M

डीपीएल अक्सनमा सर्वाधिक महंगा ६ खेलाडी को बने ?

शनिवार काठमाडौंको अन्नपूर्ण होटलमा भएको अक्सनमा ललित भण्डारी, ललित राजवंशी, पवन सर्राफ, भीम सार्की, आरिफ शेख र बिनोद भण्डारीमाथि समान २ लाख ५० हजारको बोली लागेको छ।

काठमाडौं, २१ पुस – धनगढी प्रिमियर लिग (डीपीएल) का लागि खेलाडीको अक्सन सम्पन्न भएको छ। शनिवार काठमाडौंको अन्नपूर्ण होटलमा भएको अक्सनमा ललित भण्डारी, ललित राजवंशी, पवन सर्राफ, भीम सार्की, आरिफ शेख र बिनोद भण्डारीमाथि समान २ लाख ५० हजारको बोली लागेको छ।

घरेलु प्रतियोगितामा यसअघि समेत आरिफ र विनोदमाथि महंगो मूल्यको बोली लाग्दै आएको थियो। तर, यो पटक ललित भण्डारी, ललित राजवंशी, पवन सर्राफ र भीम सार्की पनि महंगा खेलाडीको सूचिमा अटाउन सफल भएका छन्।

डीपीएलमा जम्मा ६ टोलीको सहभागिता रहेको छ। महंगा ६ खेलाडी मध्ये ललित भण्डारी, विनोद भण्डारी र भीम सार्की गरी तीन जना रुपन्देही च्यालेन्जर्समा छन्।

तीनै जनालाई रुपन्देहीले गोलाप्रथाबाट आफ्नो टिममा पारेको हो।यसैगरी आरिफ शेख महेन्द्रनगर युनाइटेडमा आवद्ध हुँदा ललित नारायण भण्डारी कठमाडौं गोल्डेन र पवन सर्राफलाई धनगढी स्टारले आफ्नो टीममा पारेका छन्।

त्यसैगरी प्रदिप ऐरीलाई रुपन्देहीले २ लाख ४० हजारमा किनेको छ भने रोहितकुमार पौडेललाई महेन्द्रनगरले नै २ लाख ३० हजारमा खरिद गरेको छ।

प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन्। यस प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खडका, सन्दिप लामिछाने र सागर पुन भने नखेल्ने भएका छन्।

अक्सनका लागि नाम दर्ता गराएका २ सय ५ खेलाडीबाट ६६, स्थानीय ६ र मार्की ६ गरेर ७८ खेलाडी डीपीएलका विभिन्न टोलीमा अनुबन्ध भएका छन्।

यसपटक खेलाडी आफैले आफ्नो मूल्य तोक्ने प्रावधान बनाएको अक्सन खुल्ला रुपमा गरिएको हो। धनगढी प्रिमियर लिग (डीपीएल) को खेल सुरुवात आगामी माग २६ देखि हुनेछ।


 

More form the Internet

loading...