Suvadin, Home
Nepal life 3.22M

डीपीएल अक्सन जारी, कुन खेलाडीले कति मूल्य पाउँदैछन् ?

माघ २७ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्सले २ सय ५ खेलाडीमा अक्सन गर्दैछन्।

काठमाडौं, २१ पुस – धनगढी प्रिमियर लिग (डीपीएल) का लागि खेलाडीको अक्सन अहिले काठमाडौंमा जारी छ। 

पहिलो सेसन सकिँदा चार खेलाडीले अधिकतम मूल्य पाएका छन्। त्यसमा तीनै राष्ट्रिय खेलाडी प्रदिप ऐरी, आरिफ शेख, ललितसिंह भण्डारी र विनोद भण्डारी छन्।

यसपटक खेलाडी आफैले आफ्नो मूल्य तोक्ने प्रावधान बनाएको अक्सन खुल्ला रुपमा गरिएको हो। होटेल अन्नपूर्णमा भएको अक्सनमा प्रदिप ऐरीलाई अधिकतम दुई लाख ५० हजारमा रुपन्देहीले ड्र बाट टिममा भित्र्यायो। 

यस्तै ललितसिंह भण्डारीलाई पनि दुई लाख ५० हजारमा रुपन्देहीले खरिद गर्यो। ललितको बेस प्राइस एक लाख ५० हजार र प्रदीपको ५० हजार रहेको थियो। यस्तै आरिफलाई महेन्द्रनगरले महंगो रकममा अनुबन्ध गरेको छ भने विनोदलाई पनि रुपन्देहीले चिठ्ठाबाट आफ्नो टिममा समेटेको छ।

माघ २७ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्सले २ सय ५ खेलाडीमा अक्सन गर्दैछन्।

बिक्री भएका अन्य खेलाडी

अविनाश बोहरा - २२ वर्षीय खेलाडी बोहरालाई १ लाख ७० हजार रुपैयाँमा महेन्द्रनगर युनाइटेडले किन्यो।

कुशल भुर्तेल - भैरहवाका खेलाडी दायाँ हाते ब्याट्सम्यान र बलर १ लाख ६० हजारमा विराटनगरले किन्यो।

सौरभ खनाल - एक लाख बेस प्राइस रहेका खनाललाई धनगढी स्टार्सले १ लाख ६० हजारमा किन्यो।

हरिबहादुर चौहान - चौहानलाई ९५ हजार रुपैयाँमा धनगढीले किन्यो।

सन्दिप सुनार - ८० हजार बेस प्राइस रहेका सुनारलाई १ लाख १० हजारमा रूपन्देहीले किन्यो।

अमित श्रेष्ठ - बेस प्राइस ५० हजार रुपैयाँ रहेका श्रेष्ठलाई १ लाख ८० हजारमा धनगढीले लियो।

किशोर महतो - बेस प्राइस ७० हजार रुपैयाँ रहेका महतोलाई १ लाखमा विराटनगरले लियो।

विक्रम भुषाल - ७० हजार बेस प्राइस रहेका भुषाललाई १ लाख ६० हजारमा काठमाडौंले खरिद गर्यो।

मोहम्मद आरिफ शेख - बेस प्राइस १ लाख रहेका शेखलाई महेन्द्रनगरले २ लाख ५० हजारमा ड्रबाट टिममा लियो।

रासिद खान - रासिद खानलाई १ लाख ७० हजार काठमाडौंले लियो।

अमरसिंह राउटेला - राउटेलालाई  १ लाख २० हजारमा महेन्द्रनगरले किन्यो।

मोहम्मद आशिफ शेख - बेस प्राइस १ लाख रुपैयाँ रहेका शेखलाई  १ लाख ८० हजारमा विराटनगरले किन्यो।

भुवन कार्की - १ लाख बेस प्राइस रहेका कार्कीलाई  सीवाईसी अत्तरियाले २ लाख १० हजारमा खरिद गर्यो।


 

More form the Internet

loading...