Suvadin, Home

शरदकाे अलराउण्ड प्रदर्शन, घरेलु मैदानमा धनगढी स्तब्ध

घरेलु क्रिकेटमा सफल कप्तानकाे छवि बनाएका शरद भेषावकरले अलराउण्ड प्रदर्शन गरेपछि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) काे पहिलाे खेलमा विराटनगर किंग्सले घरेलु टिम चाैराहा धनगढीलार्इ स्तब्ध पारेकाे छ। सेती अञ्चल प्रहरी कार्यालकाे मैदानमा जारी खेल अन्तर्गत मंगलबारको पहिलो खेलमा शरद नेतृत्वकाे विराटनगर किंग्सले  पारस खड्का नेतृत्वकाे घरेलु टाेली धनगढीलार्इ २३ रनले पराजित गरेकाे हाे। 
ब्याटिङ गर्दै विराटनगरका शरद भेषावकर। तस्बिरः डिसिए।

काठमाडाैं, चैत २९ - घरेलु क्रिकेटमा सफल कप्तानकाे छवि बनाएका शरद भेषावकरले अलराउण्ड प्रदर्शन गरेपछि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) काे पहिलाे खेलमा विराटनगर किंग्सले घरेलु टिम चाैराहा धनगढीलार्इ स्तब्ध पारेकाे छ। 

सेती अञ्चल प्रहरी कार्यालकाे मैदानमा जारी खेल अन्तर्गत मंगलबारको पहिलो खेलमा शरद नेतृत्वकाे विराटनगर किंग्सले  पारस खड्का नेतृत्वकाे घरेलु टाेली धनगढीलार्इ २३ रनले पराजित गरेकाे हाे। 

टस हारेर पहिले ब्याटिङको निम्ताे पाएकाे विराटनगरलार्इ शरदले सम्हालेर ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन बनायो। अर्धशतक बनाउदा ४ रन बाँकी रहँदा अनिल मण्डले शरदलार्इ पवेलियन फर्काउनुअघि उनले सर्वाधिक ४६ रन बनाए। ३२ बलकाे सामना गरेका उनले २ छक्का र ४ चाैका प्रहार गरे।

त्यस्तै, अनिल शाहले २८, प्रनित थापा मगरले २१,  अमित श्रेष्ठले १९ तथा आशिफ शेखले १० रन बनाए। बलिङतर्फ धनगढीका ललित राजवंशीले २ तथा सुशान भारी, रामनरेश गिरी र अारिफ सेखले समान १ विकेट लिए।

१ सय ३५ रनको लक्ष्य पछ्याएको धनगढीलार्इ २० ओभरमा ९ विकेटकाे क्षतिमा १ सय ११ रनमा राेक्न शरदकाे बलिङमा पनि  उस्तै प्रदर्शन रह्याे। शरदले ४ अाेभरमा २० रन मात्रै खर्चेर ३ विकेट लिएपछि धनगढी स्तब्ध बन्न पुग्याे।

 कप्तान पारस खड्कालार्इ २ रनमा गुमाएकाे धनगढीका लागि अमर रौटेलाले २६ तथा अनिल मण्डलले २४ रन बनाए। त्यस्तै, राजु रिजालले १३ तथा साैरभ खनाले १० रन बनाए।

विराटनगरकाे बलिङमा शरदसँगै सुशील कँडेलले ३ विकेट लिए। त्यस्तै, जितेन्द्र मुखियाले २ तथा दीपेन्द्र सिंह एेरीकाे भागमा १ विकेट पर्याे। खेलका बेल्स क्याफे म्यान अफ द म्याच शरद भेषावकरले नगद १० हजार हात पारे।

त्यस्तै, दिउँसाे भएकाे दाेस्राे खेलमा काठमाडौं गोल्डेन्सले प्रतियाेगितामा पहिलाे जित हात पारेकाे छ। कञ्चनपुर आइकोनिकलाई २४ रनले हराउँदै गाेल्डन्सले २ अंक जाेडेकाे हाे। १ सय ४८ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २३ रन मात्र बनाउन सक्यो। 

कञ्चनपुरका लागि सागर पुनले ४० रन, सुनिल धमलाले १४ रन तथा हसिम अन्सारीले १८ रन बनाए। बलिङतर्फ काठमाडौंका बसन्त रेग्मी र सन्तोष भट्टले दुई दुई साथै मञ्जित श्रेष्ठ, सोमपाल कामी र सन्दीप जाेराले समान १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ४७ रन बनाएको थियो। काठमाडौंकाे जितमा लागि भुवन कार्कीले बिस्फाेटक ३६ रन बनाए। १४ बलकाे सामना गरेका उनले २ छक्का र ५ चाैका प्रहार गरे। त्यस्तै, नरेश बुढाएरले १० रन, सुबेन्दु पाण्डेले १९ रन, वसन्त रेग्मीले १४ रन र सुमित महर्जनले ९ रन बनाए।

कञ्चनपुरका अभिनाश कर्णले ३ तथा कमल सिंह, कुशल भुर्तेल, सुनील धमला र सोनु तामाङले १/१ विकेट लिए थिए। खेलकाे म्यान अफ द म्याच काठमाडाैंका भुवन कार्की भए।

प्रतियाेगितामा बुधबार बिहान सिवाइसी अत्तरिया र रूपेन्देही च्यालेन्जर्स तथा दिउसाे विराटनगर किङस र सिवाइसी अत्तरियाबीच हुने अायाेजकले जनाएकाे छ।


 

More form the Internet

loading...