Suvadin, Home

अाेलम्पिकका कान्छा खेलहरू

सन् १८९६ मा सुरू भएकाे पहिलाे अाेलम्पिकमा ९ वटा खेलहरू समावेश गरिएका थिए। त्यसपछिका अाेलम्पिकहरूमा खेलहरूकाे थपघटकाे संख्या जारी रह्याे। सन् २०१२ सम्म अाइपुग्दा २६ वटा खेलहरूलार्इ अाेलम्पिकमा समावेश गरियाे भने सन् २०१६ मा ब्राजिलकाे रियाे द जिनिरियाेमा भएकाे अन्तिम अाेलम्पिकमा दुर्इ वटा खेल संख्या बढाइ २८ पुर्याइयाे। ती थिए - गल्फ र रग्वी युनियन।
रग्वी खेल।

काठमाडाैं, माघ १०


सन् १८९६ मा सुरू भएकाे पहिलाे अाेलम्पिकमा ९ वटा खेलहरू समावेश गरिएका थिए। त्यसपछिका अाेलम्पिकहरूमा खेलहरूकाे थपघटकाे संख्या जारी रह्याे। सन् २०१२ सम्म अाइपुग्दा २६ वटा खेलहरूलार्इ अाेलम्पिकमा समावेश गरियाे भने सन् २०१६ मा ब्राजिलकाे रियाे द जिनिरियाेमा भएकाे अन्तिम अाेलम्पिकमा दुर्इ वटा खेल संख्या बढाइ २८ पुर्याइयाे। ती थिए - गल्फ र रग्वी युनियन।

सन् २००९ काे अगष्टमा बसेकाे अन्तर्राष्ट्रिय अाेलम्पिक कमिटीकाे बैठकमा भएकाे मतदातका अाधारमा गल्फ र रूग्वी युनियनलाई २०१६ काे ब्राजिल अाेलम्पिकमा समावेश गरिने निर्णय गरिएकाे हाे। त्यसअघि छनाैटका लागि नयाँ सात खेलहरूमा छलफल भएकाे थियाे। छलफलकाे क्रममा परेका सातहरू खेलहरू (गल्फ, रग्वी युनियन सहित राेलर स्पाेर्टस, कराँते, सफ्टबल, बेसबल र स्क्यास) लार्इ पछि पार्दै यी दुर्इ खेलले २०१६ काे अाेलम्पिकमा स्थान बनाए।

ब्राजिल अाेलम्पिकमा गल्फकाे पुरूष र महिला प्रतिस्पर्धा गराइएकाे थियाे। ६० जना क्वालिफाइड गल्फरहरूले ७२ हाेल स्ट्राेकका लागि प्रतिस्पर्धा गरेका थिए। जसबाट १५ जना उत्कृष्टहरूकाे छनाैट गरिएकाे थियाे। बेलायतका जस्टिन राेजले ब्राजिल अाेलम्पिकमा गल्फतर्फ स्वर्ण जितेका थिए।

त्यस्तै ब्राजिल अाेलम्पिकमा समावेश गरिएकाे अर्काे खेल थियाे, रग्वी। अाेलम्पिकमा रग्वीलार्इ पुरानाे खेल मानिन्छ तर सन् १९२४ काे अाेलम्पिकदेखि यसलार्इ समावेश गरिएकाे थिएन। २०१६ काे रग्वीमा महिला र पुरूष प्रतियाेगिताहरूकाे अायाेजना गरिएकाे थियाे भने पुरूषतर्फकाे स्वर्ण फिजी, रजत वेलायत र कास्य साउथ अफ्रिकाले हात पार्याे। त्यस्तै, अष्ट्रेलियन महिलाले महिला तर्फकाे स्वर्ण पदक जित्दा न्यूजील्याण्ड र क्यानडाले क्रमश: रजत र कास्य हात पारे।

सन् २०२० काे अाेलम्पिक एसियाली मुलुक जापानमा हुँदैछ। सन् २०१६ मा समावेश गरिएका २६ वटा खेलहरूमा थप पाँच खेल समावेश गरिन लागिएकाे छ। नयाँ खेलहरूमा बेसबल सप्टबल, कराते, क्लाइम्बिङ, सर्फिंङ रहेका छन्।

कसरी छानिन्छन् अाेलम्पिकमा खेल?

पहिलाे चरणमा कुनै पनि खेललार्इ सुरूमा अन्तर्राष्ट्रिय अाेलम्पिक कमिटीले खेल हाे भनि पहिचान दिनुपर्छ। विश्वभर विभिन्न स्थानमा विभिन्न खेलहरू हुन सक्छन् तर ती सबैलार्इ अाेलम्पिक कमिटीले खेल नमान्न सक्छ। अाेलम्पिक कमिटीले त्यस्ता खेललार्इ मात्र मान्यता दिन्छ जुन खेललार्इ व्यवस्थित रूपमा सञ्चालन गर्न अन्तराष्ट्रिय प्रशासकीय निकायले काम गरिरहेकाे हाेस्।

त्यसरी खेलकाे मान्यता पाएका खेलहरूलार्इ दाेस्राे चरणमा अन्तर्राष्ट्रिय स्पाेर्टस फेडरेशनमा पठाइन्छ। त्यहा उक्त खेलका विभिन्न परिक्षणहरू हुने गर्दछ। खेलका प्रशासकीय निकायहरूलार्इ खेलका दाैरान कुनै पनि प्रकारका लागू तथा शक्तिबर्द्धक अाैषधीहरू प्रयाेग नगर्ने तथा अन्तर्राष्ट्रिय अाेलम्पिक कमिटीले तय गरेका सम्पूर्ण नियमहरूकाे अक्षरश: पालना गर्ने समझदारी बन्छ।

यति प्रक्रियाले कुनै पनि खेललार्इ अाेलम्पिक कमिटीले अाेलम्पिकमा याेग्य खेल हाे भनेर मान्यता दिन्छ। तर, अाेलम्पिकमा सहभागी हुने नहुने बारे कुनै निश्चित हुँदैन। जस्ताे उदाहरणका लागि अाेलम्पिक कमिटीले चेसलार्इ खेलकाे मान्यता दिए पनि साे खेललार्इ हालसम्म अाेलम्पिकमा सहभागी गराइएकाे छैन। अाेलम्पिकमा सहभागी हुनका लागि खेलका अन्तर्राष्ट्रिय प्रशासकीय निकायहरूले 'खेल सहभागी गराइपाउँ' भनि अाेलम्पिक कमिटी सामु निवेदन लेख्नुपर्छ। त्यसमा खेल हाे, या खेलकाे कुनै बिधा हाे अनि खेलकाे कुन शाखा अन्तर्गत पर्दछ त्याे स्पष्ट लेखिएकाे हुनुपर्छ।

खेलकाे प्रशासनिक निकायले निवेदन पेश गरिसकेपछि अाेलम्पिक कमिटीले साे खेल कति ‘पपुलर’ छ त्यस कुरामा विचार गर्छ। जस्ताे कि अाेलम्पिकमा खेल सहभागी गराउन अनुमति पाउनका लागी उक्त खेल पुरूषतर्फकाे भए कम्तीमा ४ महादेश र ७५ देशमा खेलिने हुनुपर्छ भने महिलाकाे सन्दर्भमा ३ महादेश र ४० देशभन्दा बढी स्थानमा खेलिने हुनुपर्छ। यति गर्दा पनि कुनै खेललार्इ अाेलम्पिकमा सहभागी हुन निवेदन दिएकाे झण्डै ६ वर्ष समय लग्दछ।

 

 


 

More form the Internet

loading...