Suvadin, Home
Bridge Water

धावक दुर्गाबहादुर बुढाकाे अठाेटः
'नेपालकाे झण्डा बाेकेर अाेलम्पिकमा पुग्ने लक्ष्य छ'

तर, यस्ता प्रतिभाका धनी धावक बुढा अहिले आफ्नो जन्म देशका लागि नभएर भारतका लागि खेलिरहेका छन्। उनी भन्छन्, 'आफू जन्मिएको देशका नेता, मन्त्री तथा खेलका पदाधिकारीले बेवास्ता गरे, चिन्न सकेनन्, दुःख लाग्छ।'
धावक दुर्गाबहादुर बुढा।

उत्तम रिजाल, झापा, मंसिर ९ – विभागीय टोलीका धावकलाई पछि पार्दै दमक मिनी म्याराथाेनको उपाधि जितेका दुर्गाबहादुर बुढाले आफूलाई देशले चिन्न नसकेको गुनासो गरेका छन्।

वि.सं. २०६५ सालमा काठमाडाैंमा भएको बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै म्याराथोनमा पाइला टेकेका बुढाले सोही प्रतियोगिताको ५ किलोमिटर र १० किलोमिटरमा रजत पदक जितेका थिए। त्यसपछि पनि उनले थुप्रै प्रतियोगितामा सहभागिता जनाएका छन्। जहाँ उनले सफलता प्राप्त गर्दै गए।

जुम्लाको तनकासुन्दरी गाउँपालिका–३ घर भएका २७ वर्षीय बुढाले गत मंगलबार मात्र नेपालगञ्जमा भएको ४२ किलोमिटर दुरीको म्याराथोनमा पनि आफू अब्बल भएको सावित गर्दै उपाधि जिते।

बुढाले भारतका दिल्ली, मुम्बई, बैंगलोर, कलकत्ता, केरला लगायतका शहरमा भएका म्याराथोनमा उपाधि जितिसकेका छन्।

दुई वर्ष अघि भएको जुम्लादेखि रारासम्मको ४७ किलोमिटरको अल्ट्रा म्याराथोनमा पनि बुढाले नै बाजी मारेका थिए। उनले भारतका दिल्ली, मुम्बई, बैंगलोर, कलकत्ता, केरला लगायतका शहरमा भएका म्याराथोनमा उपाधि जितिसकेका छन्।

तर, यस्ता प्रतिभाका धनी धावक बुढा अहिले आफ्नो जन्म देशका लागि नभएर भारतका लागि खेलिरहेका छन्। उनी भन्छन्, 'आफू जन्मिएको देशका नेता, मन्त्री तथा खेलका पदाधिकारीले बेवास्ता गरे, चिन्न सकेनन्, दुःख लाग्छ।'

उनलाई वास्तवमै नेपालले चिन्न सकेन। न त यहाँका कुनै विभागीय टोलीले नै चिन्न सक्यो। नेपालले नचिनेका उनलाई चिन्यो भारतको बैंगलोर नेशनल इष्टिच्युटले।

जसका कारण उनले यसै वर्ष मात्रै भारतको उडिसामा भएको एशियाली च्याम्पियनशीपमा नेपालको नभएर भारतको झण्डा बोके। र, एशियाका ४९ देशका खेलाडीसँग सँगै दौडिए।

'मलाई मेरो देशको झण्डा बोकेर अाेलम्पिक खेल्ने मन छ, मेरो जीवनको अन्तिम लक्ष्य भनेकै म जन्मिएको देश नेपालको भण्डा बोकेर ओलम्पिक खेल्ने हो,' बुढाले शुभदिनसँग भने, 'म मेरो देशको नाम विश्वमा चिनाउन चाहन्छु।'