Suvadin, Home

बाल्यकालदेखिको सपना भर्सेस जिम्मेवारी

हाजार्डले जनवरीमा ट्रान्सफर विन्डो खुलेको बेलामा कुनै हालतमा पनि चेल्सी छाडेर रियल नजाने प्रष्ट पारे। लामो समयदेखि रियल म्याड्रिडसँग उनको नाम जोडिएको भएपनि हाजार्डले चेल्सीमै रहेर खेल्ने निर्णय गर्दै आएका थिए। तर, पछिल्लो समय हाजार्डले रियल जाने सम्भाबनाबारे सकारात्मक प्रतिक्रिया दिँदै आएका छन्। उनले रियलबाट खेल्नु बाल्यकालकै सपना रहेको पनि बताएका थिए।

काठमाडाैं, २९ असोज – बेल्जियम स्टार इडेन हाजार्ड रियल म्याड्रिडमा अाबद्ध हुने चर्चा चलिरहेको हुन्छ। तर, हाजार्डले रियल म्याड्रिडबाट खेल्नु आफ्नो बाल्यकाल देखिको सपना भएपनि चेल्सीलाई निराश बनाएर रियल नजाने बताएका छन्।

हाजार्डले जनवरीमा ट्रान्सफर विन्डो खुलेको बेलामा कुनै हालतमा पनि चेल्सी छाडेर रियल नजाने प्रष्ट पारे। लामो समयदेखि रियल म्याड्रिडसँग उनको नाम जोडिएको भएपनि हाजार्डले चेल्सीमै रहेर खेल्ने निर्णय गर्दै आएका थिए। तर, पछिल्लो समय हाजार्डले रियल जाने सम्भाबनाबारे सकारात्मक प्रतिक्रिया दिँदै आएका छन्। उनले रियलबाट खेल्नु बाल्यकालकै सपना रहेको पनि बताएका थिए।

हाजार्डले आफ्नो सपना पूरा गर्नका लागि भएपनि आफूले चेल्सी छाड्न जबर्जस्ती नगर्ने प्रष्ट पारेका छन्। उनले दुवै क्लब सहमतिमा आएमात्र त्यसबारे सोच्ने अभिव्यक्ति दिएका हुन्। हाजार्डले भने, ‘पछिल्लो ट्रान्सफर विन्डोमा क्लबले मलाई प्रष्ट भनेको थियो। क्लबले मैले क्लब छाड्न पाउन्न भनेर भन्दा मैले त्यसलाई सहर्ष स्वीकारे। क्लबमा रहेपनि, छाडेपनि, म खुसी हुने नै थिएँ। मलाई उक्त निर्णय लिएर अहिले कुनै पश्चाताप छैन।’

उनले भने, ‘जब तपाईले चाहेको निर्णय हुन सक्दैन त्यसबेला गुनासो गर्ने ठाउँ रहन्छ। र केहि कार्य अपूर्ण पनि हुन सक्छन्। तर क्लब र खेलाडीको सहमतिमा कुनै काम हुन्छ भने पक्कैपनि त्यसको नतिजा राम्रो नै हुन्छ। चेल्सीले मलाई धेरै कुरा दिएको छ। मैले लिल छाडेर चेल्सी आउँदा जस्तो अवस्था थियो, यहाँ पनि छाड्ने बेलामा त्यस्तै होस् भन्ने चाहन्छु।’

हाजार्डले यस सिजनको बाँकी समय क्लबको लागि समर्पित गरेपनि त्यसपछि भने उनको निर्णय के हुन्छ अहिले टुङ्गो लागेको छैन। हाजार्डको क्लबसँग सन् २०२० सम्म सम्झौता रहेको छ। चेल्सीले हाजार्डलाई नयाँ सम्झौता दिएर क्लब इतिहासकै सर्वाधिक बढी कमाउने खेलाडी बनाउने प्रयास गरेपनि हाजार्डले त्यसतर्फ धेरै ध्यान दिएका छैनन्।

हाजार्डले रियल म्याड्रिड जाने इच्छा खुल्ला रुपमा देखाएका छन्। उनको यस कदमलाई रियल म्याड्रिडका खेलाडीले पनि स्वागत गरेका छन्। हाल रियल समस्यामा रहेका कारण पनि हाजार्डको आगमनले क्लबलाई निकै फाइदा पुग्ने देखिन्छ। रियलले उनलाई जनवरीमै ल्याउँ खोजेपनि हाजार्ड कुनै हालतमा सिजन सकिनुअघि क्लब छाड्ने पक्षमा छैनन्।

चेल्सीका प्रशिक्षक माउरिजियो सार्री हाजार्ड क्लबमा रहनेमा विश्वस्त छन्। उनले हाजार्डलाई बेग्लै भूमिका दिंदै उनलाई खेलमा अझै भिज्ने स्थान र समय दिएका छन्। हाजार्ड स्वयं प्रशिक्षकको यस कार्यलाई स्वागत गर्दै आएका छन्। उनले भने, ‘अहिले म निकै हौसिएको छु। मलाई जहाँबाट पनि गोल गर्न सक्छु भन्ने लागेको छ। यस सिजन हामीले बल राखेर खेल्न सकेका छौँ। सार्री पक्कैपनि मोउरिन्हो र कोन्टेभन्दा फरक छन्।’

हाजार्डले थपे, ‘यदि हामीसँग ५ मिनेटसम्म पनि बल आएन भने सार्री कराउन थाल्छन्। के म विश्वको उत्कृष्ट खेलाडी हुँ? यदि उत्कृष्ट खेलाडी भन्नाले सबैभन्दा बढी गोल गर्ने बुझिन्छ भने, म त्यो होइन।’

बेल्जियमका २७ वर्षीय हाजार्डले सिजनको उत्कृष्ट शुरूवात गरेका छन्। उनले हालसम्म ८ गोल गर्दै प्रिमियर लिगमा टोलीलाई दोस्रो स्थानमा पुर्याएका छन्। यता रियलको अवस्था भने नाजुक छ। पछिल्लो चार खेलमा गोल गर्न नसकेको रियल अंक तालिकाको चौथो स्थानमा छ। क्रिस्टियानो रोनाल्डो रियल छाडेर युभेन्ट्स गएसँगै सुरु भएको संघर्ष अब हाजार्डले नै अन्त्य गर्न सक्छन् भन्ने फुटबल प्रमिहरूको विश्वास छ।


 

More form the Internet

loading...