Suvadin, Home
Nepal life 2.6M

काभानीले पीएसजीको अपराजित यात्रा कायम राखे

बराबरीपछि लिग वानमा अपराजित रहेको पीएसजीको १६ खेलबाट ४४ अंक पुगेको छ। जुन दोस्रो स्थानको लिलेको भन्दा १४ अंकले बढी हो। स्टार्सवर्ग २२ अंकसहित नवौं स्थानमा छ।

स्टार्सवर्ग, २० मंसिर – लिग वान अन्तरगत बुधबार राति भएको खेलमा एडिन्सन काभानीकै गोल मद्दतमा पीएसजी स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेलेको छ। काभानीले गोल गर्दै पीएसजीलार्इ फ्रेन्च लिग वान फुटबलमा हारबाट जोगाएका हुन्।

स्टार्सवर्गको मैदानमा बुधबार राति भएको खेलमा पीएसजी पहिलो हाफमा १–० ले पछि परेको थियो। ४१औं मिनेटमा केन्नी लालाले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। लालाले प्रहार गरेको बलमा केहररले ह्यान्ड गरेपछि स्टार्सवर्गले भिएआर मार्फत पेनाल्टीको अपिल गरेको थियो। रेफ्रीले भारकै माध्यमबाट स्टार्सवर्गलाई पेनाल्टीको मौका दिएका थिए। र लालाले यसको सदुपयोग गर्दै गोलमा परिणत गरे।

पहिलो हाफमा १–० ले पछि परेको पीएसजीले ७१औं मिनेटमा पेनाल्टीमार्फत नै बराबरी गोल फर्कायो। लालाले केलियन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र फल गरेपछि पीएसजीले पेनाल्टीको मौका पाएको थियो। यसलार्इ काभानीले गोल गर्दै खेल बराबरीमा सकियो।

बराबरीपछि लिग वानमा अपराजित रहेको पीएसजीको १६ खेलबाट ४४ अंक पुगेको छ। जुन दोस्रो स्थानको लिलेको भन्दा १४ अंकले बढी हो। स्टार्सवर्ग २२ अंकसहित नवौं स्थानमा छ।


 

More form the Internet

loading...