Suvadin, Home
Nepal life 2.751M

चेल्सीका पूर्वकप्तान टेरीद्वारा संन्यासको घोषणा

टेरीले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै आफ्नो संन्यास घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘फुटबलरका रुपमा २३ वर्षको यात्रा अविश्वसनीय रहयो। अब यो यात्रालाई बिट मार्ने यहि सहि समय रहेको मैले निर्णय गरेको छु।’टेरीले राष्ट्रिय टोलीका लागि ७८ पटक र सन् २०१७ मा चेल्सी छाड्नुअघि २ दशक क्लबमा रहेर खेलेका थिए।

काठमाडाैं, २२ असोज – चेल्सी फुटबल क्लब र इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जोन टेरीले फुटबलबाट संन्यासको घोषणा गरेका छन्। ३७ वर्षीय टेरी गत सिजन च्याम्पियनसिप क्लब एस्टन भिल्ला छाडेपछि क्लबविहिन रहेका थिए।

टेरीले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै आफ्नो संन्यास घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘फुटबलरका रुपमा २३ वर्षको यात्रा अविश्वसनीय रहयो। अब यो यात्रालाई बिट मार्ने यहि सहि समय रहेको मैले निर्णय गरेको छु।’टेरीले राष्ट्रिय टोलीका लागि ७८ पटक र सन् २०१७ मा चेल्सी छाड्नुअघि २ दशक क्लबमा रहेर खेलेका थिए।

टेरीको फुटबलमा उपलब्धि

टेरीले ५ प्रिमियर लिग उपाधि, ५ एफए कप र एक च्याम्पियन्स लिग उपाधि जित्दै क्लबका लागि सबैभन्दा सफल खेलाडी पनि बने। उनले यसबाहेक ५ पटक लिग कप र एक युरोप लिग उपाधि जित्ने क्रममा क्लबका लागि ७ सय भन्दा बढी खेल खेलेका छन्। कप्तानको क्रममा टेरीले क्लबका लागि मैदान भित्र मात्र नभएर बाहिर पनि आफ्नो पृथक पहिचान कायम गरेका छन्।

सन् २०१७ मा चेल्सी छाडेपछि टेरीले २०१७–१८ सिजन दोस्रो श्रेणीमा एस्टन भिल्लाबाट खेलेका थिए। उनको अन्तिम व्यवसायिक खेल प्लेअफमा फुलहमविरुद्ध १–० को हारमा रहेको थियो। टेरीलाई रुसी क्लब स्पार्टाक मस्कोले अनुबन्धन गर्न खोजेपनि टेरीले परिवारका लागि उचित निर्णय नहुने भन्दै त्यसलाई नकारेका थिए।

टेरीको इन्स्टाग्राम पोष्ट

१४ वर्षको उमेरमा चेल्सी फुटबल क्लबसँग सम्झौता गरेर मैले करिअरको ठूलो र उत्कृष्ट निर्णय गरेको थिए। क्लब र त्यससँग सम्बन्धित मान्छे मेरो लागि कति महत्त्व राख्छन्, शब्दमा बयान गर्न सक्दिन। विशेषगरि समर्थकहरु। मेरा लागि समर्थक हरदम साथमा रहे। चाहे त्यो मैदान भित्र होस् या बाहिर समर्थक मेरा लागि सधैं विशेष हकदार छन्। हामीले साथमा धेरै अविस्मरणीय पलहरु बिताएका छौं। सायद यो सब समर्थकको बिना सम्भव हुँदैन थियो। मेरा लागि चेल्सीका समर्थक विश्वकै उत्कृष्ट समर्थक हुन्  मलाई आशा छ मैले क्लबको जर्सी र आर्मब्यान्ड लगाएर सबैलाई गर्व गर्न सक्ने बनाएको छु।

मेरो क्लब करिअर र हृदय सधैँ चेल्सीका लागि नै रहनेछ। म नटिङघम फरेस्टलाई पनि धन्यवाद दिन चाहन्छु। सन् १९९९ मा युवा खेलाडीको रुपमा मेरो विकास गर्न क्लबको भूमिका महत्त्वपूर्ण थियो। र, एस्टन भिल्लालाई पनि अन्तिम सिजन यस्तो ठूलो क्लबमा कप्तानीको जिम्मेवारी दिएकोमा धन्यवाद दिन चाहान्छु। विश्वकै उत्कृष्ट फुटबल क्लबमध्येको एकलाई नेतृत्व प्रदान गर्न पाउनु गौरबको क्षण हो। मैले लामो समय क्लबमा बिताउन पाए। अब जिन्दगीको अर्को पाटोमा अवसर र चुनौतीको सामना गर्न तयार छु।
 


 

More form the Internet

loading...