Suvadin, Home

Cover Image

प्रिमियर लिगमा म्यानचेस्टरको अप्रत्याशित हार

सहज जित दर्ता गराउने लक्ष्यका साथ मैदानमा उत्रिएको युनाइटेडलाई ब्राइटनले ३–२ को नमिठो हार चखाएको हो। ब्राइटनको जितमा दुई मिनेटको अन्तरमा मुर्रे र ड्युफेले गोल गरे। मुर्रेले २५ औँ मिनेटमा अग्रता दिएपछि ड्युफेले २७ औँ मिनेटमा गोल गर्दै अग्रता २–० को बनाए।

काठमाडाैं, भदाै ४ – ङ्लिस प्रिमियर लिग अन्तरगत आइतवार राति भएको खेलमा उपाधि दावेदार मानिएको म्यानचेस्टर युनाइटेड ब्राइटन एन्ड होभ अल्बिओनसँग लज्जास्पद हार भोग्न बाध्य भएको छ। 

सहज जित दर्ता गराउने लक्ष्यका साथ मैदानमा उत्रिएको युनाइटेडलाई ब्राइटनले ३–२ को नमिठो हार चखाएको हो। ब्राइटनको जितमा दुई मिनेटको अन्तरमा मुर्रे र ड्युफेले गोल गरे। मुर्रेले २५ औँ मिनेटमा अग्रता दिएपछि ड्युफेले २७ औँ मिनेटमा गोल गर्दै अग्रता २–० को बनाए।

त्यसपछि खेलको ३४ औँ मिनेटमा युनाइटेडका लागि लुकाकुले एक गोल फर्काए । तर खेलको ४४ औँ मिनेटमा ग्रोबले पेनाल्टीबाट गोल गरेपछि ब्राइटनले अग्रतालाई ३–१ मा पुर्याउन सफल भयो। 

दोस्रो हाफमा युनाइटेडले खेलमा फर्किन गरेको कोशिसलाई ब्राइटनले निरन्तर असफल बनाइदियो। खेलमा अतिरिक्त समयको पाँचौ मिनेटमा पोग्बाले पेनाल्टीबाट गोल गरेपनि युनाइटेडलाई जित निकाल्न धेरै ढिला भइसकेको थियो। 

पहिलो खेलमा लेस्टर सिटीलाई हराएको युनाइटेड तुलनात्मकरुपमा कम्जोर ब्राइटनसँग पराजित भएको दिन उसको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले भने हडर्सफिल्डलाई ६–१ को हार चखाएको छ। 


 

More form the Internet

loading...