Suvadin, Home
Nepal life 3.285M

ललितपुरले जित्यो इपिएलको उपाधि

लगातार दबावमा परेको भैरहवालाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो तर, दुई रन आउटसहित तीन विकेट गुमाउँदै १४ रनको हार स्वीकार गर्‍यो।

काठमाडौं, ७ पुस – ललितपुर प्याट्रिएट्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार भएको फाइनल भिडन्तमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसँगै २५ लाख नगद हात पारेको छ। उपविजेता भैरहवाले १० लाख प्राप्त गरेको छ।

त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो।

खेलमा रवि इन्दर सिंह र शरद भेषावकरको विकेट खेलको टर्जिङ प्वाइन्ट रहृयो। १५ ओभरसम्म खेल भैरहवाको पक्षमा थियो । उसले मात्र ३ विकेट गुमाएर १०४ रन जोडिसकेको थियो ।

तर, १६ औं ओभरको पहिलो बलमै पवन शरार्फले उनको रवि इन्दरको विकेट लिए। अर्को ओभरमा ललित राजवंशीले भैरहवाका कप्तान शरदको विकेट लिएपछि खेल ललितपुरको पक्षमा गयो।

लगातार दबावमा परेको भैरहवालाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो तर, दुई रन आउटसहित तीन विकेट गुमाउँदै १४ रनको हार स्वीकार गर्‍यो।

भैरहवाका लागि प्रदीपले २२ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रन बनाएर आउट भए । रवि इन्दर सिंहले ३२ बलमा २९ रन बनाए । कप्तान शरद भेषावकरले १४ रन बनाए।
ललितनारायण राजवंशीले चार ओभरमा १७ रन खर्चेर तीन विकेट लिए पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले समान २(२ विकेट लिए।

यसअघि ललितपुरले निर्धारित २० ओभर सकिन पाँच बल बाँकी छदा सबै विकेटको क्षतिमा १५५ रन बनाएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरको सुरुवात राम्रो थियो। जयकिसन कोल्सवाला र गौरभ टोमरले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए। गौरभ २३ रन बनाएर आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए । तर, कोल्सवाला र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे।

५२ बलको सामना गरेका कोल्सवालाले तीन चौका र तीन छक्काको मदतमा ५७ रन बनाए भने आक्रमक पारी खेलेका जोराले ११ बलमा २४ रन जोडे। यद्यपि ललितपुरले अन्तिम तीन ओभरमा लगातार विकेट गुमाएको थियो। १२ रन जोड्दा ५ विकेट गुमाएर अलआउट भयो।

भैरहवाका कृष्ण कार्कीले तीन विकेट लिए। उनले दुई ओभर बलिङ गर्दै १५ रन खर्चेर तीन विकेट लिन सफल भए।


 

More form the Internet

loading...