Suvadin, Home
Citizen Bank 447.4k

Cover Image

इपिएल विजेताले २५ लाख पाउने

गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो। गतवर्षको पुरस्कार रकम भन्दा यसवर्ष रु चार लाख वृद्धि गरिएको छ।

काठमाडौं, ३ पुस – जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेता टोलीले रु २५ लाख पाउने भएको छ। 

आयोजक इपिएल प्रालिले मंगलबार विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो।

गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो। गतवर्षको पुरस्कार रकम भन्दा यसवर्ष रु चार लाख वृद्धि गरिएको छ।

प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछ। प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टिभीएस अपाचे मोटरसाइकल पाउनेछ। 


 

More form the Internet

loading...