Suvadin, Home

इपिएल क्रिकेट:
पोखरा राइनोजकाे शानदार जीत, चितवन १० विकेटले पराजित

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको चितवनले राम्रो सुरुवात गर्न सकेन। ओपनर दिलिप नाथ मात्र ६ रनमा आउट भए, जतिबेला टिमको स्कोर ७ रन थियो। टिमले थप चार रन जोड्दा साबेज खान शुन्यमै आउट भए। अनिल मण्डलले दिपेन्द्र सिंंह ऐरीसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे।

काठमाडौं, ४ पुस – प्रिमियर लिग क्रिकेटमा पोखरा राइनोजले १० विकेटको शानदार जित हात पारेको छ। मंगलबार चितवनले दिएको ११४ रनको लक्ष्य पोखराले १७ दशमलव ४ ओभरमा विना विकेटको क्षतिमा पूरा गरेकाे हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको चितवनले राम्रो सुरुवात गर्न सकेन। ओपनर दिलिप नाथ मात्र ६ रनमा आउट भए, जतिबेला टिमको स्कोर ७ रन थियो। टिमले थप चार रन जोड्दा साबेज खान शुन्यमै आउट भए। अनिल मण्डलले दिपेन्द्र सिंंह ऐरीसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे।

उनीहरुले तेस्रो विकेटका लागि ६७ रनको साझदारी गरे।  मण्डल ३२ रनमा आउट भए। एरीले ४२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंंक जोड्न सकेनन् र २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो।

जवाफमा पोखराले शानदार प्रर्दशन गर्‍यो। उसका आपनरद्वय इज्राउल्ला र सुनिल धमलाले १७ दशमलव ४ ओभरमा टिमलाई जित दिलाए। पाकिस्तानी क्रिकेटर इज्राउल्लाले नटआउट ६१ रन बनाउँदा धमला ४६ रनमा अविजित रहे। चितवनको ४ विकेट लिएका इज्राउल्ला म्यान अफ दि म्याच बने।


 

More form the Internet

loading...