Suvadin, Home
Nepal life 70.8k

विश्वकप विशेष
फिफा विश्वकप २०१८ शुरूहुनु पुर्वनै नयाँ रेकर्ड बनाउदैँ इजिप्टियन खेलाडी अल हदारी

त्यसैगरी नाइजीरियन टीम अाैषत २५ बर्ष ९ महिना उमेरका खेलाडी समेटेको यस विश्वकपमा सबैभन्दा युवा टिम हो। यस टिमले ग्रुप डी बाट अाफ्नो पहिलो म्याच क्रोसियासंग १६ जूनमा खेल्ने छ।

काठमाडाैं, ३० जेठ – फिफा विश्वकपको २१अाैँ संस्करण शुरू हुन अब एक दिन मात्रै बाँकी छ। रूसमा हुन गइरहेको यस फुटबलको महाकुम्भ विश्वकपमा ३२ राष्ट्र प्रतिस्पर्धामा उत्रिदैँ छन्। १४ जुनबाट शुरूहुन गइरहेको यस रोमाञ्चक प्रतिस्पर्धामा यो संस्करण कुन खेलाडी सबैभन्दा बढि उमेरका छन् त?  

अाैषत २९ बर्ष ६ महिना सम्म उमेर रहेका खेलाडीलार्इ समेटेको टिम कोस्टारिका यस विश्वकपको सबै भन्दा जेठो टिम हो।

सबैभन्दा जेठो टिमः औसत उमेर
कोस्टारिकाः २९.६
मेक्सिकोः २९.४
अर्जेन्टिनाः २९.३

त्यसैगरी नाइजीरियन टीम अाैषत २५ बर्ष ९ महिना उमेरका खेलाडी समेटेको यस विश्वकपमा सबैभन्दा युवा टिम हो। यस टिमले ग्रुप डी बाट अाफ्नो पहिलो म्याच क्रोसियासंग १६ जूनमा खेल्ने छ।
 
सबै भन्दा युवा टीमः औसत उमेर

नाइजीरिया : २५.९

इङ्गल्याण्ड : २६

फ्रान्स: २६

एसाम अल हदारी यस विश्वकपमा सबैभन्दा जेठा खेलाडि रहेका छन्।

इजिप्टका गोलकीपर अनि कप्तान एसाम अल हदारी यस पटक विश्वकपमा प्रतिस्पर्धा गर्ने खेलाडी मध्ये सबैभन्दा जेडा खेलाडि हुन्। हदारीको उमेर ४५ वर्ष ५ महिना हो।

यसअघिका रेकर्ड अनुसार २०१४ को ब्राजिलमा भएको विश्वकपमा ४३ बर्ष ३ दिन उमेर रहेका कोलम्बियन खेलाडी फेरिड मोंड्रेगन सबै भन्दा जेठा खेलाडी थिए। 

हालसम्मको विश्वकप संस्करणमा हेर्दा हदारी सबै भन्दा जेडा खेलाडी हुन्।

नामः फ्रायड मोन्ड्रागोन
उमेरः ४३ बर्ष ३ दिन,२०१४ ब्राजिल
देशःकोलम्बिया

नामःरोजर मिल्ला
उमेरः ४२ वर्ष १ महिना ८ दिन,१९९४ साल
देशःक्यामरून

नामःपेट जेनिङ्ग्स
उमेरः ४१ वर्ष, १९८६
देशः उत्तरी अायरल्याड

नामः पीटर शिल्टोन 
उमेरः ४० वर्ष ९ महिना १९ दिन, १९९०
देशः इङ्ल्याण्ड

नामः डिनो जोफ्र
उमेरः ४० वर्ष ४ महिना १३ दिन, १९८२
देशः इटली


 

More form the Internet

loading...