Suvadin, Home

युरोकप छनोट : बेल्जियमद्वारा साइप्रस ६-१ गोल अन्तरले पराजित

काठमाडौं । युरोकप छनोटमा बेल्जियमले शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमले साईप्रसलाई ६–१ गोल अन्तरले हराएको हो ।

समूह चरणको अन्तिम खेलमा शानदार जित सहित बेल्जियमले युरो छनोटलाई बिदा गरेको छ । टिम यसअघिनै युरोकपमा छनोट भइसकेको छ । बेल्जिमयले छनोट प्रतियोगितामा शतप्रतिशत जित निकल्न सफल बन्यो । उसले १० खेलबाट ३० अंक जोड्न सफल रह्यो । साईप्रस १० अंक सहित चौथो स्थानमा रह्यो ।

बेल्जिमयको जितमा केभिन डी ब्रुईन र क्रिस्टियन बेनटेकले समान दुई तथा यानिक कारास्कोले एक गोल गरे । बेल्जियमले क्रिपरोस क्रिस्टोफोरोबाट एक गोल आत्मघाति उपहार पाएको थियो ।

खेलमा अग्रता साईप्रसले १४ औ मिनेटमा निकोलस एनोउसको गोलबाट लिएको थियो । त्यसको दुई मिनेटपछि बेनटेकले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काएका थिए । ब्रोईनले ३५ औ मिनेटमा बेल्जियमलाई अघि बढाउने काम गरे ।

४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बेल्जियमलाई ३–१ को स्थितिमा पुर्‍याएका थिए । ४४ औ मिनेटमा कारास्कोले बेल्जियमका लागि चौथो गोल गरे ।

क्रिस्टोफोरोले ५१ औ मिनेटमा आत्मघाति गोल गरेपछि बेल्जियम ५–१ ले अघि बढेको थियो । ६७ औ मिनेटमा बेनटेकले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फराकिलो जित दिलाउने काम गरे ।

रोबर्टो मार्टिनेजको टिम बेल्जियमले युरो छनोटमा ४० गोल गर्न सफल रह्यो । र सबै १० खेलमा जित हासिल गर्‍यो।

बेल्जियमले अहिलेसम्म साईप्रससंग हारेको छैन । विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जिमयले पछिल्ला १६ खेल मध्य १४ खेलमा जित निकालेको छ ।


 

More form the Internet

loading...