Suvadin, Home

को–को परे यूरोपियन उत्कृष्ट खेलाडीको सूचिमा?

गत सिजन च्याम्पियन्स लिग फुटबलमा उत्कृष्ट प्रर्दशन गरेका इजिप्टका अन्तराष्ट्रिय खेलाडी सलाहले ११ गोल गर्दै क्लबलाई युरोपेली क्लब फुटबलको फाईनल पुर्याएका थिए। फाईनल खेलको शुरुमै उनलार्इ चोट लागेपछि मैदानबाट बाहिरिएका थिए। उक्त खेल रियल मड्रिडले ३–१ ले जित्दै उपाधि उचालेको थियो। यस्तै, गत महिना मात्र रियल मड्रिडबाट युभेन्टस् पुगेका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सी समेत उत्कृष्ट फरवार्ड सूचिमा अटाएका छन्।

काठमाडौं, २५ साउन – लिभरपुलका स्टार फर्वार्ड मोहमद सलाह च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट फरवार्डको सूचिमा परेका छन्।

गत सिजन च्याम्पियन्स लिग फुटबलमा उत्कृष्ट प्रर्दशन गरेका इजिप्टका अन्तराष्ट्रिय खेलाडी सलाहले ११ गोल गर्दै क्लबलाई युरोपेली क्लब फुटबलको फाईनल पुर्याएका थिए। फाईनल खेलको शुरुमै उनलार्इ चोट लागेपछि मैदानबाट बाहिरिएका थिए। उक्त खेल रियल मड्रिडले ३–१ ले जित्दै उपाधि उचालेको थियो।

यस्तै, गत महिना मात्र रियल मड्रिडबाट युभेन्टस् पुगेका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सी समेत उत्कृष्ट फरवार्ड सूचिमा अटाएका छन्।

म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रोयना उत्कृष्ट मिडफिल्डरको सूचिमा समावेश भएका छन्। स्पेनिस क्लब रियल मड्रिडका टोनी क्रुस र लुका मोड्रिच समेत उत्कृष्ट मिडफिल्डरको विधामा अटाएका छन्।

यस ट्रान्सफर सिजन लिभरपुलमा आबद्ध भएका गोलकिपर एलिसन, रियल मड्रिडका नाभास र युभेन्टसबाट पेरिस सेन्ट जर्मेन पुगेका बुफोन पनि उत्कृष्ट गोलकिपरको सूचिमा रहेका छन्। यसै गरी उत्कृष्ट डिफेन्डरतर्फ रियलका मार्सेलो, सर्जियो रामोस र राफायल भरान सूचिमा अटाएका छन्।


 

More form the Internet

loading...