Suvadin, Home

इपिएल क्रिकेट:
ललितपुरमाथि भैरहवाकाे ४ विकेटकाे जीत

भैरहवाले ललितपुरलाई चार विकेटले पराजित गरी प्रतियोगितामा दोस्रो जीत हात पारेको हो। भैरहवाले यसअघि भएको पहिलो खेलमा काठमाडौं किङ्स इलाभेनलाई ७ विकेटले पराजित गरेको थियो। 

काठमाडौं, ६ पुस – एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा भैरहवा ग्ल्याडिएर्टर्सले ललितपुर प्याट्रियट्सलाई पराजित गरेकाे छ। प्रतियोगितामा याे भैरहवाकाे दोस्रो जीत हाे।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले ललितपुरलाई चार विकेटले पराजित गरी प्रतियोगितामा दोस्रो जीत हात पारेको हो। भैरहवाले यसअघि भएको पहिलो खेलमा काठमाडौं किङ्स इलाभेनलाई ७ विकेटले पराजित गरेको थियो। 

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले भैरहवालाई १ सय ४२ रनको लक्ष्य दिएकाे थियाे। जवाफी ब्याटिङमा उत्रेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। 

ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो। 

भैरहवाको जीतमा पुनित बिष्टले सर्वाधिक ५० रनको योगदान दिए। त्यस्तै, रोहितकुमार पौडेलले ३१, आरिफ शेखले २७, कप्तान शरद भेषवाकरले १३ तथा हरिशंकर शाहले १० रन जोडे।

जीतका लागि एक बलमा एक रन चाहिएको अवस्थामा भैरहवाका कृष्ण थापाले चौका प्रहार गरी आफ्नो टोलीको जीत सुनिश्चित गरे। 

ललितपुरका लागि भारतीय बलर योगेश नागरले दुई तथा सुबोध भाटी, सन्दीप लामिछानेले समान एक–एक विकेट हात पारे। 

ब्याटिङतर्फ ललितपुरका लागि भारतीय खेलाडी योगेश नागरले सर्वाधिक ५४ रन जोडे पनि कप्तान ज्ञानेन्द्र मल्ल ४२, जयकिसन कोल्सावाला १४, राजवीर सिंह ८, कुशल भुर्तेल ४ तथा मेहबुव आलम २ रनमा बाहिरिए।

भैरहवाका दीपेश श्रेष्ठ र आरिफ शेखले समान तीन–तीन विकेट लिए त्यस्तै पुनित बिष्टले दुई तथा कप्तान शरद भेषवाकरले एक विकेट हात पारेका थिए।


 

More form the Internet

loading...