Suvadin, Home

सुदूरपश्चिम ओलम्पियनः
नेपाली बक्सिङः अाफ्नाे साख फर्काएर इतिहास निर्माणकाे रफ्तारमा

माअाेवादी जनयुद्धपछि बक्सिङमा फड्को मार्न नसकेपनि सामान्य गतिमै रहेको नेपाली बक्सिङ खेल पछिल्लो समय एकाएका पुनः चर्चामा आएको छ। केही दिनअघि भारतको दिल्लीमा सम्पन्न प्रथम इन्डिया ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा दुई नेपाली चेलीले इतिहास रचिन्।

मदन गिरी, महेन्द्रनगर, माघ २८ – सन् १९८० देखि ९० को दशकसम्म नेपाली बक्सिङ चर्चाको शिखरमा रह्यो। तत्कालिन अवस्थामा नेपाली बक्सरहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा देखाएको प्रर्दशन र सफलता त्यसपछिका केही समय आरालो लागे।

माअाेवादी जनयुद्धपछि बक्सिङमा फड्को मार्न नसकेपनि सामान्य गतिमै रहेको नेपाली बक्सिङ खेल पछिल्लो समय एकाएका पुनः चर्चामा आएको छ। केही दिनअघि भारतको दिल्लीमा सम्पन्न प्रथम इन्डिया ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा दुई नेपाली चेलीले इतिहास रचिन्।

दुई काश्य पदक जित्ने नेपाली महिला बक्सर बिमला श्रेष्ठ र पुनम रावल दिलाएको उपाधीसँगै बक्सिङ खेलको लोकप्रियतामा बढावा मिलेको छ। महिला खेलाडीद्वयसंगै नेपाली बक्सर भुपेन्द्र थापामगर र विष्णु घलेले पनि प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै पहिलो चरण पार गरेको प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिएका छन्।

‘संघको नेतृत्व र प्रशिक्षकहरुको कडा परिश्रम र खेलाडीहरुको लगनशिलताले बक्सिङमाथि आउछ,’ प्रशिक्षक भट्टले शुभदिनसँग भने, ‘संघका अध्यक्षले मात्रै बक्सिङको विकासका लागि लाखौं रकम लगानी गरिसकेका छन्।’

गत वर्ष नेपाल बक्सिङ संघको नयाँ नेतत्व आएसँगै बक्सिङमा निकै सुधारका लक्षणहरु देखिएका छन्। संघको नेतृत्वकै विदेशी प्रशिक्षकद्वारा नेपाली बक्सरहरुलाई प्रशिक्षति गरिएकै कारण बक्सिङमा सफलता मिल्न थालेको हो।

बक्सिङ संघका अध्यक्ष राम अवाले स्वयम् बक्सिङ खेलाडी हुन्। खेलकुदका विषयमा दख्खल अध्यक्ष अवालेसँगै भारतको दिल्ली बक्सिङ टिम लिएर गएको प्रशिक्षकहरुको टोलीको मेहनतका कारण पनि खेलाडीहरु मेडल ल्याउन सफल भएका हुन्।

प्रशिक्षक टोलीमा प्रमुख प्रशिक्षक प्रकाश थापामगर, प्रशिक्षक डम्बरदत्त भट्ट, सहायक प्रशिक्षक दिपक महर्जन रहेका थिए। नेपाललाई एेतिहासिक सफलता दिलाउने एक ठुलो हात छ प्रशिक्षक डम्बरदत्त भट्टको।

प्रशिक्षक भट्ट नेपालका एक चर्चित तथा सुदुरपश्चिमका पहिलो ओलमपियन हुन्। २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकूदबाट बक्सिङमा राष्ट्रिय खेलाडीको पहिचान बनाएका ओलमपियन भट्ट २०४१ को नवौँ बक्सिङ च्यापियनसिपमा कास्य पदक प्राप्त गरेपछि कुनै पनि प्रतियोगितामा पदकविहीन रहेनन्।

त्यसपछि उनले खेलेका सबै राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका थिए। राष्ट्रिय खेलकुद परिषद २०७१ का उत्कृष्ट कर्मचारी पुरस्कृत ओलम्पियन भट्ट आफैले पनि नेपाललाई अन्र्तराष्ट्रियस्तरमा नेपाललाई थुप्रै पदक दिलाइसकेका छन्।

सन् १९८९ मा पाकिस्तानमा सम्पन्न चौंथो दक्षिण एशियाली खेलकूदमा कास्य पदक दिलाएका उनले सोही वर्ष पाकिस्तानमै भएको अर्को प्रतियोगितामा पनि कास्य दिलाएका थिए। 

सन् १९८८ मा जर्मनिमा भएको युरोपेली च्यापियनसिपमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। आठौं सार्क खेलकूद (साग)मा बक्सिङ प्रशिक्षक रहेका भट्टसहितका ५ प्रशिक्षकको नेतृत्वले सागमा नेपाललाई सबैभन्दा बढी पदक दिलाएको थियो।

नेपालले २ स्वर्ण, २ कास्य र ५ सिल्भर प्राप्त गरेको थियो। भट्टले दक्षिण कोरियामा सन् १९८९ मा भएको ओलम्पिकमासहभागी भएका थिए । त्यस्तै, १९९० मा बक्सिङ विश्वकपमा खेलेका थिए।

उनी सुदूरपश्चिमकै पहिलो ओलम्पियन हुन्। उनले आफ्नै पहलमा कञ्चनपुरमा नेपालकै एक मात्र अन्तरराष्ट्रिय स्तरको बक्सिङ प्रशिक्षण केन्द्रको स्थापना गरी दैनिक २५ देखि ३० खेलाडीलाई प्रशिक्षण दिइरहेका छन्।

अहिले प्रशिक्षक भट्ट आउदो भदौमा हुने एसियन च्यापियनसिपमा सहभागी हुने टिमको प्रशिक्षकका रुपमा रहेको छन्। एसियन च्यापियनसिपको तयारीका लागी नेपालले ओलमपियन तथा अनुभवी प्रशिक्षक पाएको नेपालले पदक जित्नेमा ढुक्क रहेको विश्वास गरेका छन्।


 

More form the Internet

loading...