Suvadin, Home

स्वर्णपदक विजेता महर्जनलाई सात लाख दिन सिफारिस

‘यो नेपालका लागि गौरवको विषय भएकाले विशेष पुरस्कार दिन लागेका हौं,’ उनले भने। खेलकुदमन्त्री जगत विश्वकर्मासँग आफ्नो यस विषयमा मौखिक कुराकानी भएको र मन्त्री पनि सकारात्मक रहेको विष्टले बताए।

काठमाडौं, २६ पुस – शारिरीक सुगठनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्णपदक विजेता महेश्वर महर्जनलाई सरकारले नगद पुरस्कार दिने तयारी थालेको छ।

राष्ट्रिय खेलकुद परिषदले उनलाई सात लाख नगद दिन खेलकुद मन्त्रालयलाई सिफारिस गरेको सदस्यसचिव केशव विष्टले बताए।

‘यो नेपालका लागि गौरवको विषय भएकाले विशेष पुरस्कार दिन लागेका हौं,’ उनले भने। खेलकुदमन्त्री जगत विश्वकर्मासँग आफ्नो यस विषयमा मौखिक कुराकानी भएको र मन्त्री पनि सकारात्मक रहेको विष्टले बताए।

‘यदि सात लाख नै दिने मन्त्रालयले निर्णय गर्‍यो भने क्याबिनेटमा प्रस्ताव लानुपर्छ होला, त्यो भन्दा थोरै दिँदा मन्त्रालयकै बजेटबाट पनि हुन सक्छ,’ बिष्टले भने।

थाइल्यान्डमा आयोजित विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोटर्टस च्याम्पियनसीपको ७५ केजी तौल समुहमा महर्जनले स्वर्ण जितेका थिए।


 

More form the Internet

loading...