Suvadin, Home

फिपा बरीयतामा नेपाल तीन स्थान तल झर्याे

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरीयतामा नेपाल १७३औँ स्थानमा रहेको हो। नेपालको ११० अंक रहेको छ। नेपाल यसअघि १७०अाैँ स्थानमा रहेकाे थियाे।
फिपाकाे लाेगाे।

काठमाडाैं, वैशाख २१– विश्व फुटबलकाे सर्वाेच्च निकाय फिफाकाे बरियतामा नेपाल तीन स्थान तल झरेको छ। 

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरीयतामा नेपाल १७३औँ स्थानमा रहेको हो। नेपालको ११० अंक रहेको छ। नेपाल यसअघि १७०अाैँ स्थानमा रहेकाे थियाे।

भारतले भने एक स्थानमा सुधार गरेकाे छ। यसअघि १०१अाैँ स्थानमा रहेकाे नेपाल १००औँ स्थानमा बढुवा भएकाे हाे। तीन सय ३१ अंक जोडेको भारत दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा उच्च स्थानमा छ । 

त्यसैगरी माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थान, भुटान १६४औँ स्थानमा यथावत् छ भने बङ्गलादेश १९३औँ स्थानमा छ । त्यस्तै श्रीलङ्का १९७ औँ तथा पाकिस्तान २०१औँ स्थानमा छ । विश्व बरियतामा ब्राजिल शीर्ष स्थानमा छ भने अर्जेन्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा छ। 

फिपा बरीयताकाे पहिलाे स्थानमा  ब्राजिल कायमै रहेकाे छ। यसैगरी, बरीयता क्रममा क्रमशः अर्जेन्टिना, जर्मनी, चिली, कोलम्बिया, फ्रान्स, बेल्जियम, पोर्चुगल, स्वीट्जरल्याण्ड, स्पेन, पोल्याण्ड, इटाली, वेल्स, इंग्ल्याण्ड र उरुग्वे रहेका छन्।
 


 

More form the Internet

loading...