Suvadin, Home

युराेपेली छनाैट अन्तिम चरणमा
विश्वकप फुटबलः २३ वटा राष्ट्रले तय गरे रुसकाे यात्रा, चार पटककाे विश्वविजेता इटाली कठिन माेडमा

विश्वकप छनौटको प्लेअफसम्म आइपुग्दा लिग चरणबाटै २३ राष्ट्रहरुले रुसकाे यात्रा तय गरिसकेका छन्। रसियामा आफ्नो स्थान सुरक्षित गर्ने राष्ट्रहरुमध्ये एसियाबाट इरान, जापान, साउदी अरेबिया र दक्षिण कोरिया रहेका छन्।

उमेश दाहाल, काठमाडाैं, कात्तिक २३ – सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियाेगिताकाे छनौट खेल अन्तिम चरणमा पुगेको छ। सर्वाधिक लोकप्रिय विश्वकप फुटबल प्रतियोगितामा यूरोपेली छनौटका अन्तिम चरणका खेलहरु बिहीबार रातिदेखि नाेभेम्बर १४ सम्म हुने छन्।

विश्वकप छनौटको प्लेअफसम्म आइपुग्दा लिग चरणबाटै २३ राष्ट्रहरुले रुसकाे यात्रा तय गरिसकेका छन्। रसियामा आफ्नो स्थान सुरक्षित गर्ने राष्ट्रहरुमध्ये एसियाबाट इरान, जापान, साउदी अरेबिया र दक्षिण कोरिया रहेका छन्।

त्यसैगरी, यूरोपबाट स्थान सुरक्षित गरिसकेका राष्ट्रहरुमा अायाेजक रुस, बेल्जियम, फ्रान्स, पोर्चुगल, सर्बिया, स्पेन, आइसल्याण्ड, जर्मनी, इंग्ल्याण्ड र पोल्याण्ड रहेका छन्। त्यसैगरी, अमेरिकी मुलुकबाट ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, कोस्टारिका, मेक्सिको र उरुग्वे यसअघि नै छनौट भइसकेका छन्।

चार पटकको विश्व विजेता इटालीले स्वीडेनको सामना गर्नेछ। र, अर्काे खेलमा सन् १९८६ पछि पहिलो पटक विश्वकप खेल्ने आशा बोकेको उत्तरी आयरल्याण्डले स्वीटजरल्याण्डको सामना गर्दैछ।

सन् २००२ मा ब्राजिलले विश्वकप जितेदेखि अमेरिकी महाद्विप विश्वकपविहीन छ। नाइजेरिया र इजिप्ट अफ्रिकाबाट छनौट भइसकेका राष्ट्र हुन्। नोभेम्बर ९ बाट हुने प्लेअफ राउण्डमा यूरोपका आठ राष्ट्र भिड्दैछन्।

गर या मरको अवस्थामा आइपुगेका राष्ट्रहरुमा एकातिर चार पटकको विश्व विजेता इटालीले स्वीडेनको सामना गर्नेछ। र, अर्काे खेलमा सन् १९८६ पछि पहिलो पटक विश्वकप खेल्ने आशा बोकेको उत्तरी आयरल्याण्डले स्वीटजरल्याण्डको सामना गर्दैछ।

त्यस्तै ग्रीसले विगत ४ वर्षदेखि घरेलु मैदानमा प्रतिस्पर्धात्मक खेलमा अपराजित रहेको क्राेएशियाको उसकै मैदानमा सामना गर्दैछ। यसअघि भएका १३ खेलमध्ये ५ खेल जितेको आयरल्याण्डले फेरि एक पटक डेनमार्कको सामना गर्दैछ।

चार पटकको विश्व विजेता इटालीले पछिल्लो विश्वकपमा छनौट हुनबाट चुकेको स्वीडेनको सामना गर्नेछ। इटालीका क्याप्टेन ज्यानलुइजी बुफोन छैठौं विश्वकप फाइनल खेल्न आतुर देखिन्छन्।

नोभेम्बर १४ सम्म यूरोपबाट समावेश हुने देशहरुको टुंगो लाग्नेछ। नोभेम्बर ११ मै हुने होन्डुरसविरुद्ध अष्ट्रेलिया तथा पेरुविरुद्ध न्यूजिल्याण्डको खेलसँगै अन्य दुई देशको पनि टुंगो लाग्नेछ। बाँकी ३ खाली ठाउँ अफ्रिकी देशहरुले भर्ने छन्। 

गत संस्करणका प्रभावशाली राष्ट्रहरु चिली, नेदरल्याण्ड, बेल्स, इक्वेडर र संयुक्त राज्य अमेरिका जस्ता देशहरुलाई पछिपार्दै आएका नयाँ देशहरुको मनोबल हेर्न पाइने भएकाले आउँदो विश्वकप रोचक हुने आशा गरिएको छ।


 

More form the Internet

loading...