Suvadin, Home
Nepal life 2.238M

बेल्जियमलार्इ निराश पार्दै फ्रान्स विश्वकपको फाइनलमा

पिटर्सवर्ग स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। अाक्रामक शैलीमा देखिएको फ्रान्सका लागि खेलको ५१ अाैं मिनेटमा डिफेन्डर स्याम्युएल उम्टिटीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।

काठमाडाैं,२७ असार – रुसमा जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा बेल्जियमविरुद्ध १–० गोलको कठिन जीत निकाल्दै जर्मनीमा अायोजित विश्वकप फुटबल २००६ को उपविजेता फ्रान्स फाइनलमा प्रवेशश गरेको छ।

पिटर्सवर्ग स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। अाक्रामक शैलीमा देखिएको फ्रान्सका लागि खेलको ५१ अाैं मिनेटमा डिफेन्डर स्याम्युएल उम्टिटीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।

अथक प्रयासका बाबजुद पनि बेल्जियम खेलमा फर्किन नसकेपछि १९९८ को विश्वकप विजेता फ्रान्स फाइनलमा पुगेको हो। फ्रान्सले भोली हुने इंग्ल्याण्ड र क्रोएशियाबीचको खेलको विजेतासँग १५ जुलार्इमा खेल्ने छ।


 

More form the Internet

loading...