Suvadin, Home

विश्वकप फुटबलकाे समूह विभाजन
कसरी, कहाँ र कहिले कुन–कुन राष्ट्रले सहभागिता जनाउँदैछन्?

यहाँ ड्राफ्टमा ३२ टोलीहरू हुनेछन्, ३१ ले प्रतियाेगिताका लागि छनाैट चरण पार गरेका छन्। र, रूसले अायाेजककाे रुपमा स्थान सुरक्षित गरेकाे छ। अर्काे वर्ष हुने विश्वकपका लागि, युइएफएबाट प्रतियोगितामा सर्वाधिक १४ राष्ट्रले सहभागिता जनाउँदै छन्।

उमेश दाहाल, काठमाडाैं, मंसिर १५ – सन् २०१८ विश्वकप ड्र:काे ढाँचा कस्ताे हुन्छ? कुन–कुन राष्ट्रहरुले सहभागिता जनाउँदै छन्? शुक्रबार विश्वकप ड्रकाे विषयमा शुभदिनले विस्तृत जानकारी संकलन गरेकाे छ।

यहाँ विश्वकप प्रतियाेगिताकाे समूह विभाजन कसरी गरिन्छ? कुन–कुन राष्ट्रले सहभागिता जनाउँदै छन् भन्ने विषयमा जानकारी प्रस्तुत गरिएकाे छ। छनाैट भएका ३२ राष्ट्रहरुलार्इ चारवटा पाेटमा राखी गाेला प्रथाद्वारा आठ समूहमा विभाजन गरिनेछ।

यहाँ अर्को वर्ष हुने प्रतियाेगिता तालिका सार्वजनिक वा ड्रकाे बारेमा कहिले, कहाँ हुँदैछ र कुन कुन राष्ट्र समावेश हुँदैछन् जस्ता सवालकाे सम्पूर्ण जानकारी यहाँ प्रस्तुत गरिएकाे छ।

सन् २०१८ मा हुने विश्वकपको समूह चरणहरूको लागि समूह विभाजन शुक्रबार, डिसेम्बर–१ मा आयोजित हुँदैछ। यो कार्यक्रम रूसकाे राजधानी मस्कोस्थित क्रेमलिन प्यालेसमा नेपाली सपय अनुसार राति पाैने ९ बजे हुनेछ। 

यहाँ ड्राफ्टमा ३२ टोलीहरू हुनेछन्, ३१ ले प्रतियाेगिताका लागि छनाैट चरण पार गरेका छन्। र, रूसले अायाेजककाे रुपमा स्थान सुरक्षित गरेकाे छ।

अर्काे वर्ष हुने विश्वकपका लागि, युइएफएबाट प्रतियोगितामा सर्वाधिक १४ राष्ट्रले सहभागिता जनाउँदै छन्। विश्वकपकाे लागि विभिन्न कन्टिनेन्टबाट छनाैट भएका राष्टहरु निम्न रहेका छन्।

युइएफए अर्थात युराेपबाट: रूस, फ्रान्स, पोर्चुगल, जर्मनी, सर्बिया, पोल्याण्ड, इंग्ल्याण्ड, स्पेन, बेल्जियम, आइसल्याण्ड, स्वीट्जरल्याण्ड, क्रोएशिया, स्वीडेन र डेनमार्क रहेका छन्।

क्युम्बोल अर्थात दक्षिण अमेरिकाबाट: ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरूले सहभागिता जनाउँदै छन्। कन्सकेएफ अर्थात् उत्तर–मध्य अमेरिका र क्यारिबियनबाट: मेक्सिको, कोस्टारिका र पानामाले खेल्दैछन्।

एएफसी वा एशियाबाट: इरान, दक्षिण कोरिया, जापान, साउदी अरब र अष्ट्रेलिया रहेका छन्।सिएएफ अर्थात् अफ्रिकाबाट: ट्युनिशिया, नाइजेरिया, मोरक्को, सेनेगल र इजिप्टले स्थान सुरक्षित गरेका छन्।

ड्राफ कसरी बनाइन्छ?

अघिल्ला संस्करणहरुभन्दा परिवर्तन गरिएको तरिका अनुसार छनाैट भएका ३१ राष्ट्रहरु १६ अक्टोबर, २०१७ मा सार्वजनिक भएकाे फिफा वरियतामा निर्भर रही चार वटा पोटहरुमा राखिने छ।

यसको मतलव फिफा वरियता अनुसार विश्वका सात उच्च श्रेणीमा रहेका राष्ट्रहरु र अायोजक रूस पोट–१ मा हुनेछन्। बाँकी राष्ट्रहरुलार्इ त्यसैअनुसार पाेट २, ३ र चारमा रेटिङको घट्दो क्रमका अाधारमा आवंटित गरिनेछ।

जसकाे तालिका यस्तो रहेकाे छ। विश्वकपकाे ड्रका लागि छुट्याइएकाे पोट र राष्ट्रकाे फिफा वरियता क्रमः

पोट–१ः रूस (अायोजक), जर्मनी(१) ब्राजील(२) पोर्चुगल(३) अर्जेन्टिना(४) बेल्जियम(५) पोल्याण्ड(६) फ्रान्स(७)।

पोट–२ः स्पेन(८) पेरू(१०) स्वीट्जरल्याण्ड(११) इंग्ल्याण्ड(१२) कोलम्बिया(१३) मेक्सिको (१६) उरुग्वे(१७) क्रोएशिया(१८)। 

पोट–३ः डेनमार्क(१९) आइसल्याण्ड(२१) कोस्टारिका(२२) स्वीडेन(२५) ट्युनिशिया(२८) इजिप्ट(३०) सेनेगल(३२) इरान(३४) सर्बिया (३८)।

पोट–४ः नाइजेरिया(४१) अष्ट्रेलिया(४३) जापान(४४) मोरक्को (४८) पानामा(४९) दक्षिण कोरिया(६२) साउदी अरब(६३)।

त्यसपछि चार पाेटहरु खाली गरिने छ। र, राष्ट्रहरु एदेखि एचसम्मका चार समूह–समूहहरुमा विभाजित हुनेछन्। पोट–१ का सात राष्ट्रहरु समूहकाे प्रत्येक समूहको पहिलो स्लटमा रहने छन्।

जस्तै, रूसले स्वचालित रूपमा ए समूहकाे प्रथम स्लटमा बस्ने छ। जबकि बाँकी राष्ट्रहरु प्रत्येक समूहमा खाली तीन स्थानहरूमा अनियमित रूपमा आवंटित गरिनेछ।

यसरी गरिने समुहविभाजनमा केही क्लजहरु रहेका छन्। जस्तै, दुई यूएफए राष्ट्रहरुलार्इ एउटै समूहमा राख्ने अनुमति दिइएकाे छ।

तर, बाँकी राष्ट्रहरूको सम्बन्धमा एउटै क्षेत्रबाट छनाैट भएका राष्ट्रहरु दुर्इ समूहबाट पनि एउटै समूह नपर्ने फिफाको सामान्य सिद्धान्त रहेकाे छ।

उदाहरणका लागि, काेन्मेबाेलबाट छनाैट भएका राष्ट्रहरु मध्ये पोट १ मा रहेकाे अर्जेंटीना र ब्राजील पोट २का राष्ट्रहरु पेरू, कोलम्बिया वा उरुग्वेसँग एउटै समूहमा पर्ने छैनन्।

शुक्रबार राति विश्वकप ड्रकाे कार्यक्रममा क–कसलार्इ देखिने छ? 

त्यहाँ प्रसिद्ध व्यक्तित्वहरु उपस्थित हुने छन्। जुन गाेर्डाेन ब्यान्कस्, लाेरेन्ट ब्लान्क, काफ्यू, फाभियाे कानाभारो, डिएगो फोर्लान्, डिएगो म्याराेडाेना, कार्ल्स पुर्याल र निकिता सिमाेन्यान उपस्थित हुने निश्चित भइसकेकाे छ।

इंल्याण्डका भूतपूर्व स्ट्राइकर ग्यारी लिङ्करले रुसी खेल पत्रकार मारिया कामान्याडयाका साथ कार्यक्रमकाे हाेस्ट गर्ने तयारी गरि छ।

सन् २०१४ मा जर्मनीसँग विश्वकप जितेका मिरोस्लाभ क्लोसले विश्वकपकाे ट्रफी लिएर अाउने बताइएकाे छ।

विश्वकप कहिले हुन्छ?

विश्वकप सन् २०१८ बिहीवार जुन १४ मा शुरु हुँदैछ। रूसकाे मस्कोकाे लुर्जिनिकी स्टेडियममा उद्घाटन खेल खेलिने छ। सन् २०१८ मा हुने विश्वकप प्रतियाेगिताकाे फाइनल खेल शुरु भएकाे ठिक एक महिनापछि २०१८ जुलाईकाे १५ तारिकमा ठिक १ महिना पछि खेलाइने निश्चित भर्इ सकेकाे छ।

 


 

More form the Internet

loading...