Suvadin, Home

भारतीय महिला लिगको उपाधि खेल आज, सावित्रा समावेश सेथु र मणिपुर क्लबबीच प्रतिस्पर्धा

एजेन्सी । भारतीय महिला लिगको उपाधिका लागि बुधबार मणिपुर पुलिस स्पोर्टिङ क्लब र सेथु फुटबल क्लब आमने सामने हुँदैछन् । यी दुई क्लब यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर फाइनलसम्म आइपुगेका हुन् ।

नेपाली स्ट्राइकर सावित्रा भण्डारी सम्मेलित टिम सेथुले खेलेको ६ वटै खेलमा जित हात पारेको थियो । मणिपुरले भने लिगमा सेथुसँगमात्र पराजय भोगेको थियो ।

मणिपुरले यसअघि खेलेको ६ वटा खेलमा गोलको वर्षा नै गरेको छ । ६ म्याचमा मणिपुरले ४१ गेल गरेको छ । जसमा साई एसटीसी कुत्ताक र बेंग्लोर युनाइटेडविरुद्धको खेलमा १०–० को जित पनि समावेश छ । 

यता सेथुले भने ४२ गोल गरेको छ । उसले एक म्याचमा ७ गोलको औषतमा गोल गरेको छ । नेपाली फरवार्ड सावित्रा भण्डारीले ६ खेलमा १३ गोल गरिसकेकी छिन् । उनको टिमका भारतीय खेलाडी दाङमेई ग्रेस र सन्धियाले क्रमश आठ र सात गोल गरेका छन् ।


 

More form the Internet

loading...