Suvadin, Home

Cover Image

भाेलिदेखि मारवाडी सुपर क्रिकेट प्रतियाेगिता
क्रिकेट प्रवर्द्धनमा मारवाडी समुदायकाे लगाव

नेपाली क्रिकेट खेल प्रवर्द्धन र विकासमा मारवाडी समुदायले सक्रियता देखाएका छन्। विगतका वर्षझै यस वर्ष पनि मारवाडी समुदायले नेपाली क्रिकेटकाे प्रवर्द्धनमा विभिन्न कार्यक्रम गर्ने भएका छन्। 
प्रतियाेगिताबारे जानकारी दिँदै अायाेजक। तस्बिरः शुभदिन।

काठमाडाैं, जेठ २ -  नेपाली क्रिकेट खेल प्रवर्द्धन र विकासमा मारवाडी समुदायले सक्रियता देखाएका छन्। विगतका वर्षझै यस वर्ष पनि मारवाडी समुदायले नेपाली क्रिकेटकाे प्रवर्द्धनमा विभिन्न कार्यक्रम गर्ने भएका छन्। 

मारवाडी समुदायकाे पहलमा बुधबारदेखि राजधानीमा मारवाडी सुपर एेठ (अाठ) क्रिकेट प्रतियाेगिता अायाेजना हुँदैछ। 'हामीले विगतमा पाँच संस्करणमा मारवाडी क्रिकेट लिग अायाेजना गरेका थियाै,' मारवाडी सेवा समाजका सदस्य विकास शर्माले भने, ‘खेलप्रतिकाे लगावका कारण क्रिकेट विकासमा लगानी गरिरहेका छाैं।'

बुधबारदेखि अायाेजना हुने सुपर एेठ प्रतियाेगितालार्इ समाजले प्रायाेजन गरेकाे उनले बताए। प्रतियाेगितामा सहभागी अाठवटै टिम पनि मारवाडी समुदायका छन्। यसले मारवाडी समुदायलार्इ क्रिकेटसँग जाेड्न भूमिका खेलेकाे प्रतियाेगिता अायाेजक प्रशन्न शाक्यले बताए। 

नेपालमा मारवाडी समुदाय उद्याेग र वाणिज्यका क्षेत्रमा स्थापित समुदायका रूपमा चिनिन्छ,' उनले भने, ‘अार्थिक रूपमा पनि सबल रहने यस समुदायकाे क्रिकेट प्रतिकाे झुकाव बढाउँदै जानु अाफैमा सुखद हाे।'

त्रिभुवन विश्वविधालय क्रिकेट मैदानमा हुने प्रतियाेगिता तीन दिनसम्म चल्ने अायाेजकले जनाएकाे छ। टिमलार्इ दुर्इ समूहमा विभाजन गरिएकाे छ। प्रतियाेगितामा १५ खेल खेलिनेछन्। जसमा १२ लिगचरणमा, दुर्इ सेमिफाइनल र एक फाइनल रहेका छन्।


 

More form the Internet

loading...