Suvadin, Home

मेस्सीको दुई गोलसँगै बार्सिलोना स्पेनिस ला–लिगा फुटबलको शीर्ष स्थानमा

साविक विजेता बार्सिलोना स्पेनिस ला–लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

काठमाडौं । साविक विजेता बार्सिलोना स्पेनिस ला–लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा लियोनल मेस्सीको दुई गोलसँगै रियाल भालाडोलिडलाई ५–० ले हराउँदै बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

यस्तै बार्सालाई विजयी गराउन मेस्सीको दुई गोलसँगै लुइस सुवारेज, क्लेमेन्ट लेङ्गेट र अर्टुरो भिडालले एक एक गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले १० खेलबाट २२ अंक जोडेको छ । समान खेलबाट २० अंक जोडेको ग्रानाडा दोस्रो स्थानमा झरेको छ ।

एक खेल बढी खेलेको एथ्लेटिको मड्रिड २० अंकका साथ तेस्रो स्थानमा रहेको छ ।


 

More form the Internet

loading...