Suvadin, Home

प्रथम काठमाडौं अन्तर नगरकप फुटबल प्रतियोगिता

काठमाडौंमा ‘प्रथम काठमाडौं अन्तर नगरकप नकआउट फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ। काठमाडौं जिल्लाभित्र रहेका १० वटा नगरपालिकाहरू सहभागी हुने प्रतियोगिता आगामी जेठ १५ गतेदेखि २१ गतेसम्म काठमाडौंको सानो गौचरणस्थित खेल मैदानमा सञ्चालन हुनेछ।

काठमाडौं, चैत २८- काठमाडौंमा ‘प्रथम काठमाडौं अन्तर नगरकप नकआउट फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ। काठमाडौं जिल्लाभित्र रहेका १० वटा नगरपालिकाहरू सहभागी हुने प्रतियोगिता आगामी जेठ १५ गतेदेखि २१ गतेसम्म काठमाडौंको सानो गौचरणस्थित खेल मैदानमा सञ्चालन हुनेछ।

जिल्लाभित्रका १० वटै नगरपालिकाको आसपी सम्बन्ध र स्थानीय खेलाडीहरूको मनोबल अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गर्न लागिएको काठमाडौं जिल्ला समन्वय समितिले जनाएको छ। प्रतियोगिताबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख गोपालकृष्ण अधिकारीले स्थानीय खेलाडी र १० वटै नगरपालिकाको आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको बताए।

काठमाडौं जिल्ला समन्वय समितिले आगामी तीन वर्षमा यो प्रतियोगितालाई ‘काठमाडौं नगरगोल्ड कप’को रुपमा विस्तार गर्ने योजना पनि बनाएको छ। प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहिद ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ।

त्यसैगरी दोस्रो हुने टिमले ५१ हजार १ सय ५१ रुपैयाँ र तेस्रो हुने टिमले २५ हजार १ सय ५१ रुपैयाँ नगदसहितको पुरस्कार पाउनेछन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई १० हजार नगद प्रदान गर्ने, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट फरवार्ड र सर्वाधिक गोलकर्ताले पनि जनही ५ हजारले दरले नगदसहितको पुरस्कार पाउनेछन्।

काठमाडौं जिल्ला समन्वय समितिले प्रतियोगितालाई सफल बनाउन सबैलाई आग्रह पनि गरेको छ। प्रतियोगितामा काठमाडौं जिल्ला भित्र रहेका कागेश्वरी मनोहरा नगरपालिका, शंखरापुरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका सहभागी हुनेछन्।

 


 

More form the Internet

loading...